राष्ट्रपतिद्वारा फेरि पाँच दिनको म्याद थप

Read Time:1 Minute, 0 Second

राष्ट्रपति रामवरण यादवले सहमतिको सरकार गठनका लागि प्रधानमन्त्रीको नाम प्रस्ताव गर्न दलहरुलाई फेरि पाँच दिनको म्याद दिएका छन् ।
 प्रमुख दलहरुले ३ पुस विहान शीतल निवास पुगी पाँच दिनसम्मको म्याद पुनः थप गर्न आग्रह गरेका थिए ।
सहमतिका लागि प्रमुख दलका नेताहरुलाई शीतल निवासमा बोलाएर र सार्वजनिक रुपमै पनि मौखिक आग्रह गर्दै आएका राष्ट्रपति यादवले गत ८ मंसीरमा लिखित रुपमै पहिलो पटक सात दिनको समयसीमा दिएका थिए । त्यसपछि १४, २२ र २८ मंसीरमा म्याद थपेका राष्ट्रपतिले थपिएको म्यादभित्र पनि दलहरुले सहमति गर्न नसकेपछि पुनः ७ पुससम्मका लागि ५ दिनको म्याद थपेका हुन् ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %