गोविन्द घर्ति, देववह ३ पौष, वन संरक्षणमा सवै नागरिकहरुले ध्यान पुरयाउनु पर्ने देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । शिवालय सामुदायिक उपभोक्ता समुह देवदह–३ को १० औं वार्षिक उत्सव तथा ७ औ साधारण सभामा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन । उनीहरुले वन तथा वातावरण भावी सन्ततीलाई हस्तान्तरण गर्नु पर्ने भएकोले संरक्षण र सम्वद्र्धनमा लाग्नु पर्नेमा जोड दिएका हुन । सामुदायिक वनबाट आयमुलक तथा स्वरोजगार मुलक कार्यक्रम पनि गर्न सकिने भएकाले त्यसका निम्ति सामुदायिक वनहरुले योजना तयार गरी अगाडि बढ्नु पर्ने वक्ताहरुले बताएका थिए । मिलन सामुदायिक वनका अध्यक्ष खेमनारायण अधिकारीको अध्यक्षता, जिल्ला वन कार्यालय रुपन्देहीका प्रमुख दिपक ज्ञवालीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ईलाका वन कार्यालय शितलनगरका प्रमुख उपेन्द्र प्रसाद पटेल, जिल्ला सामुदायिक वन महासंघ रुपन्देहीका अध्यक्ष डिल्लीराज भण्डारी, देवदह आदर्श बहुमुखी क्याम्पसका अध्यक्ष धुव्र प्रसाद खरेल, नेपाली काग्रेसका महाधिवेशन प्रतिनिधि एवं समाजसेवी जीवलाल पराजुली, युग ज्योति माविका अध्यक्ष तथा शिवालय वनका सल्लाहकार संयोजक वासुदेव रिमाल, एकिकृत माओवादी देवदहका अध्यक्ष कृष्ण ढकाल, मिलन सामुदायिक वनका अध्यक्ष तेज बहादुर कवर क्षेत्री, कोलिय वचत तथा ऋण सहकारी संस्थाका प्रकाश अर्याल, यमलाल तिवारी, दामोडर क्षेत्री, पवित्रा रिमाल, यम राना, अनिता न्यौपाने, गणेश वस्याल, यम कुमारी भूषाल, कृष्ण प्रसाद तिवारी, निलध्वज मल्ल, टिकाराम भण्डारी लगायतले बोल्नु भएको थियो । रिता थापाको स्वागत र कृष्ण पौडेलको संचालनमा सम्पन्न भएको कार्यक्रममा अध्यक्ष खेम नारायण अधिकारीले वार्षिक प्रतिवेदन तथा कार्यालय सहायक छविलाल थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सो अवसरमा सामुदायिक वनका उपभोक्ता सदस्यहरु देवीलाल जैसी र दिल कुमारी चापागाईले कार्यालय प्रयोजनका लागि संस्थालाई फोटो कपि मेशिन उपलव्ध गराउनु भएको थियो ।
शिवालय सामुदायिक उपभोक्ता समुहको ७ औ साधारण सभा सम्पन्न
Read Time:3 Minute, 10 Second
