लाखौ रुपैयाको मिनी ग्रेडर प्रयोग विहिन भएपछि कवाडीमा परिणत

Read Time:2 Minute, 49 Second

गोविन्द घर्ति

देवदह, देवदह गाविसमा रहेको लाखौ रुपैयाको मिनी ग्रेडर काम बिहिन अवस्थामा थन्किएर बसेको छ । जिल्ला विकास समिति रुपन्देही मार्फत पश्चिमाञ्चल सडक डिभिजन कार्यालय बुटवलले देवदह गाविसलाई दिएको लाखौ रुपैयाको मिनी ग्रेडर प्रयोग विहिन भएपछि कवाडीको रुपमा परिणत भएको हो  । देवदह गाविसले गर्ने विकास निर्माणको कामका प्राप्त भएको मिनी ग्रेडर विगत ३ वर्ष देखि गाविसको कार्यालय कम्पाउण्ड भित्र काम विहिन अवस्थामा थन्किएको छ । सडक डिभिजन कार्यालयले दिएको ग्रेडरलाई गाविसको ट्रयाक्टरले तान्न नसकेपछि गे्रडर काम विहिन अवस्थामा रहेको देवदह गाविसका ट्रयाक्टर ड्राईवर रमेश कुमालले बताउनु भयो । ग्रेडरले देवदह गाविसको कुनै पनि विकास निर्माणका कामहरु नगरेको र स्थानीयवासी द्धारा पनि ग्रेडरको माग नभएको ड्राईवर कुमालको भनाई रहेको छ । गाविसले गर्ने विकास निर्माणका कामको लागि पश्चिमाञ्चल सडक डिभिजन कार्यालयले देवदह गाविसलाई दिए पनि ग्रेडरबाट कुनै पनि विकासका निर्माणका कामहरु हुन नसकेको देवदह गाविसका  प्राविधिक सहायक नारायण काफ्ले बताउनु हुन्छ । देवदह गाविस दिन प्रतिदिन विकास उन्मुख भईरहेको अवस्थामा बाटो गे्रविलिङ्ग र बाटो सम्याउनको लागि सडक डिभिजन कार्यालय बुटवलले दिएको भएपनि ग्रेडरको पावर अनुसारको सवारीको साधन देवदह गाविस संग नभएका कारण मिनी ग्रेडर काम विहिन अवस्थामा रहेको देवदह गाविसका सचिव बब्ुबहान सापकोटाको भनाई रहेको छ । मिनी ग्रेडरलाई संचालन गर्ने पावर फुलको अन्य सवारी साधन नभएको र बढि खर्चालु भएका कारणले पनि स्थानीयवासीले यसको प्रयोग नगरेको सचिव सापकोटाले बताउनु भयो । गाविसको ट्रयाक्टरलाई पावर फुल बनाएर ग्रेडरलाई गाविसको विकास निर्माणको काममा प्रयोग गर्ने सोचमा समेत आफुहरुरहेको सचिव सापकोटाको भनाई रहेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %