दुर्गम र विकट हिमाली जिल्ला मुगु पहिलो पटक सडक यातायातबाट जोडिएको छ । कर्णाली राजमार्ग अन्तर्गत करीब ९४ किमी लामो यो सडक नाग्मा कालीकोट हुदै मुगुको सदरमुकाम गमगढीमा जोडिएको हो । ०६४ साल देखि निर्माण सुरु भएको यो सडकका लागि १ अर्ब ५८ करोड रुपैयाँ खर्च भएको भौतिक योजना तथा निर्माण मन्त्रालयले जनाएको छ । यो राजमार्गको एक कार्यक्रमका बीच प्रधानमन्त्री बाबुराम भट्टराईले १ पुसमा उद्घाटन गरेका हुन् । नेपाली सेनाले करीब ५४ करोड बरावरको काम यस सडक खण्डमा गरेको छ । सडक बने पछि मुगुको जनजिवन सहज मात्रै बन्न पुगेको छैन त्यहाँको स्थानिय उत्पादन बजार सम्म सजिलै पु¥याउन सकिने भएको छ ।
–राज्यसत्ता नेपाल व्युरो
