देब पचभैया
पाल्पा, मंशिर ३०, पाल्पाको आर्यभन्ज्याङमा हिजो भएको कार दुर्घटना परि घाईते भएका निमार्ण व्यवशायी संघ स्याङजाका अध्यक्ष एक नारायण वगालेको उपचारको क्रममा आज दिउसो निधन भएको छ । लुम्विनी मेडिकल कलेज प्रभास पाल्पामा उपचारका क्रममा निधन भएको हो । वालिङ नगरपालिका वडा नं. ३ का ६० बर्षीय बगाले आफ्नै छोराको जन्त जाने क्रममा हिजो दुर्घटनामा पर्नु भएको थियो ।
स्याङ्जाको वालिङबाट रुपन्देहीको मणीग्रामको लागि जन्ती लिएर जाँदै गरेको ग १ च ४९९१ नम्बरको कार सिद्धार्थ राजमार्ग अन्र्तगतको आर्यभञ्ज्याङमा दुर्घटना हँुदा कारमा सवार ५ जना घाइते भएका थिए । दुर्घटनाका अन्य घाइते वालिङ ३ का ५७ बर्षीय दिलिप बगाले, वालिङ ३ कै ५५ बर्षीय चेतकान्त बगाले र शिव कुमार शर्माको लुम्विनी मेडिकल कलेजमा उपचार भईरहेको छ ।
