बाँकेको गाभरमा लाइन्स भिलेज पार्क निर्माण हुने

Read Time:2 Minute, 49 Second

दीपा आले
नेपालगन्ज मंसिर ३०, बाँकेको चिसापानी गाविसको निर्माणाधिन गाभर भ्याली भिलेजमा लाइन्स भिलेज पार्क बनाउने निर्णय सहित लायन्स क्लबको ग्रेन्ड फेलोसिप कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
 लायन्स क्लब इन्टरनेशनल डिष्ट्रीक ३२५ बी ले पर्यटकिय सम्भावना रहेको गाभरमा ग्रेन्ड फेलोसिप कार्यक्रम गरि विभिन्न ब्यक्तिहरुलाई सम्मानका साथ विविध साँस्कृतिक तथा खेलकुद कार्यक्रम गरेको हो ।
 प्राकृतिक रुपमा मनोरम गाभर क्षेत्रको २० विघा जमिनमा लायन्सले मनोरम पार्क निर्माण गर्नको लागि बिशेष पहल थाल्ने डिष्ट्रिक गर्भनर सेम शाक्यले जानकारी दिनुभयो । लायन्स भिलेज पार्क बनाउनका लागि आज विभीन्न लायन्स क्लबहरुले आर्थिक सहयोगको घोषणा समेत गरिएको छ । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रीक ३२५ बी का कार्यक्रम सहयोजक खगेन्द्र सिटौलाको सभापतित्वमा कार्यक्रम भएको थियो ।
 कार्यक्रममा बोल्दै सभापति सिटौलाले ग्रामिण स्तरका स्थानियद्वारा आफै अग्रसर भएर गाउँको विकासमा लाग्नु सकारात्मक भएको भन्दै त्यस क्षेत्रलाई पर्यटकिय बनाउनका लागि आफुहरुको सक्दो सहयोग हुने बताउनुभयो ।
  कार्यक्रममा  नेपाली ,थारु , गीत तथा नृत्यहरु प्रस्तुत गरिएको थियो । निर्माणाधिन गाभर भ्याली बनाउनका लागि स्थानिय सबैको सहयोग भएको भन्दै अन्य क्षेत्र बाट पनि सहयोग भए गाभर गाउँलाई पर्यटकिय क्षेत्रका रुपमा बाँकेमा नमुना स्थलका रुपमा निर्माण गर्न सकिने होम स्टे ब्यवस्थापन समितिका सचिव कृष्ण चौधरीले जानकारी दिनुभयो । कार्यक्रममा लोकबाजा बजाई अतिथीहरुलाई फुलमालाले स्वागत गरिएका थियो । कार्यक्रममा  स्थानिय विकास अधिकारी विश्वराज डोटेल त्यस क्षेत्रका स्थानिय बुद्धिजिवी, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी, स्थानियबासीको सहभागिता रहेको थियो । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %