फेसवुक पेज मार्फत संकलन गरेको रकम वालवालिकालाई

Read Time:1 Minute, 43 Second

गुल्मी, मंसिर ३०, गुल्मीको रुरु गाविस स्थित रिडीका एक युवाले फेसवुक पेजमार्फत संकलन गरेको एक लाख १० हजार रुपैंयाँ रकम गरिव वालवालीकाहरु लागि सहयोगार्थ स्थानीय एक विद्यालयलाई हस्तान्तरण गरिएको छ ।
गरिवका लागि निशुल्क अभियान अन्र्तगत रुरु नेटवर्कका संचालक सुन्दर कशजुले गत तीन महिना अघि फेसवुक पेजमार्फत संकलन गरेको उक्त रकम एक कार्यक्रमका विच स्थानीय  प्राथमिक विद्यालयललाई हस्तान्तरण गर्नुभएको थियो । सो रकमवाट विद्यालयको नाममा अक्षय कोष स्थापना गरि वार्षिक रुपमा व्याजमार्फत विद्यालयमा अध्ययनरत गरिव तथा विपन्न वालवालिकालाई शैक्षिक सामग्री, ड्रेस र झोला प्रदान गरिने भएको छ । सोही अवशरमा पत्रकार विनयकुमार कशजुले सोही विद्यालयमा अध्यनरत वालवालिहरुलाई ५१ थान वाल पुस्तकहरु समेत प्रदान गर्नुभएको थियो। गरिवका लागि शिक्षा अभियान अन्र्तगत उक्त युवाले संचालन गरेको आर्थिक सहयोग संकलनका लागि रुरु गाविसवाट कामको शिलशिलामा अष्ट्रेलीया, जापान, ईजरायल, क्यानडा, वेल्जीयम लगायत मुलुकहरुमा पुगेका मानिसहरुले सहयोग गरेका थिए ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %