हुमबहादुर पचभैया मगर,
पाल्पा २७ मंसीर २०६९ जनमुक्तिबिचारधारा र बहुजातियलोक तान्त्रिक समाजबादको नारा सहित मगरात राज्यपरिषद्को प्रथम महाधिवेशन मगरात राज्यको राजधानी तानसेन नगरीमा सम्पन्न भएको छ । आज भएको बन्दसत्रको पहिलो चरणको कार्यक्रममा मगरात राज्य परिषद् तदर्थ समितीका अध्यक्ष ईन्द्र बहादुर मास्कि मगरको अधक्षतामा सम्पन्न भएको छ । राष्ट्रिय जनमुक्ति पार्टीका बरिष्ट उपाध्यक्ष शिबलाल थापा मगरले उद्धधाटन मन्तब्य सहित प्रमुख अतिथी ग्रहण गर्नु भएको थियो । मगरात राज्यपरिषद् तदर्थ समिति तथा अधिवेशन मूल तयारी समितिका उपसचिब बम लामीछाने मगरले सन्चालन गर्नु भएको थियो ।
शुभकामना मन्तब्य दिने बक्ताहरुमा पार्टीका बरिष्ट उपाध्यक्ष शिबलाल थापा मगर, पार्टीका स्थाई समिति सदश्यतथा पार्टीका उपमाहासचिब चन्द्र श्रीस मगर,स्थायी समिति सदस्य रत्न राना, टोप अस्लामी, संधिय परिषद सदस्य टिकाराम शर्मा, लिम्बुवान राज्यपरिषद अध्यक्ष धनध्वज लिम्बु, बिधार्थी मोर्चा तर्फबाट प्यांगनी, तनहु जिल्ला अध्यक्ष मन्धरी आले लगाएतले पाटीको निती तथा भाबी कार्य दिशाबारे बोलेका थिए । संधिय परिषद् सदस्यहरु असोक पुन मगर डब गर्बुजा मगर, उपस्थित सबै मगरात राज्य परिषद्का अध्यक्ष तथा प्रतिनिधी, पत्रकार महासंध पाल्पाजिल्ला सभापति भगवान भण्डारी, आदिबासी जनजाती पत्रकार महासंध पाल्पा जिल्लाका सभापति तथा श्रीनगर एफएमका स्टेशनम्यानेजर देब पचभैया, राज्य सत्ता डट कमका प्रबन्धक निर्देशक तथा मगर हांगकंग शाखांका हुमबहादुर पचभैया थापा मगर, आदिबासी जनजाती महासंध पाल्पा जिल्ला अध्यक्ष गमबहादुर थापा मगर, मगरात राज्य परिषद् आयोजक जिल्ला तथा राष्ट्रिय जनमुक्ति पार्टी पाल्पाका जिल्ला अध्यक्ष खुमबहादुर सिंगजाली मगर, समाजसेबि तथा अधिबक्ता पाल्पाका केहरसिंग राना मगरहरुलाई पनि आशनग्रहण गराइएको थियो ।
बन्दसत्रको दाष्रो चरणमा मरात राज्य परिषद्को उपस्थित जिल्लाका अध्यक्ष तथा प्रतिनिदीहरुले आआफ्नो जिल्लाको प्रगती प्रतिबेदन पेस गरेका थिए । प्रतिबेदन पेस गर्ने जिल्लाहरुमा अर्घखांची, नवलपरासी, दैलेख, बागलुंग, स्यागजा, पाल्पा, तनह, म्याग्डी, सुर्खेत, गुल्मी, पर्बत लगाएतका थिए । तदर्थ समितिका कोषाअध्क्ष हस्त बहादुर थापा मगरले एक लाख ७१ हजार ५०० रुपैयाको आयब्याय प्रस्तुत गर्नु भएको थियो । जस्मा युकेबाट रु ७० हजार र हंगकंगबाट पनि रु ५ हजार सहयोग उपलब्ध भएको थियो ।
त्यस्तै गरि सधिय परिषद् सदस्य दलबहादुर बिरकट्टा मगरले मगरात राज्य परिषद्को अवधारण पत्र प्रस्तुत गर्नु भएको थियो । अवभारण पत्र माथी उपस्थित प्रतिनिधी बिच लामो बहस र छलफल गरी अवधारण पत्रलाई पुर्ण हाउसले पास गरेको छ । यस कार्यक्रम्को सभापति तर्दथ समितिका अध्यक्ष ईन्द्र बहाखुर मास्की मगर र कार्यक्रम् संचालन बम लामिछाने मगरले गरेका थिए ।
अन्त्यमा अधिबक्ता केहरसिंग राना मगरको अध्यक्षतामा संधिय परिष सदश्यद्य रत्न राना मगर र दलबहादुर बिरकट्टा मगरको ३ सदस्यीय निर्बाचन समितिले ५१ सदस्य रहने गरि मगरात राज्यपरिषद समितिमा एक महिला उपाअध्यक्ष, एक सचिब र ५० प्रतिशत अनिबार्य महिलाको प्रतिनिधीत्व हुने गरी समिति निमार्ण गरेको छ । निर्बाचित हुने पदाधिकारी तथा सदस्यहरु यस प्रकार छन् ।
अध्यक्षः ईन्द्र बहादुर मास्कि मगर, तनहुं
उपाअध्यक्षः नर बहादुर ठाडा मगर, परासी
उपाअध्यक्षः डम् बहादुर राना मगर,पाल्पा
उपाअध्यक्षः चन्द्रकला राना मगर,पाल्पा
सचिबः
संगठन सचिबः सिबराजपुलामी दैलेख
उप सचिबः खग बहादुर थापा मगर अर्गाखांची
कोषाअध्यक्षः टक बहादुर मर्शांगी मगर
सदश्यहरुमा क्रमशः अनिशा बि एम्, दिलराज थापा, लिलारामपुन, नबिन र्सेबुजा, बिक्ष्णु मायाथापा मगर, तुलबहादुर थापा, धनीराममहतो, चोक बहादुर राना मगर निर्बाचित भएका छन् भने बांकी रहेको रिक्त पद पछि पुर्ति गर्ने गरी निर्बाचन सम्पन्न भएको जानकारी निर्बाचन समितिका सदस्य दलबहादुर बिरकट्टा मगरले राज्यसत्ता डट कमलाई जानकारी गराउनु भयो ।
मगरात राज्य परिषदको अवधारण पत्र
तानसेन, पाल्पा
प्रस्तोता :– दल बहादुर वीरकट्टा मिति : २०६९ मंसिर २७ र २८ गते
राष्ट्रिय जनमूक्ति पार्टीले एकात्मक केन्द्रीकृत शासन प्रणालीको विकल्पमा संघात्मक पूर्ण विकेन्द्रीकृत शासन व्यवस्थाको यसको स्थापनाकाल देखि नै नेपाली जनताको माझमा ल्याएको छ । नीतिगत रुपमा २ दशक अघिबाट नै यो विचार आएता पनि व्यवाहरिक रुपमा लागु हुन अझ बाँकी छ । २०६२/६३ सालको जनआन्दोलनले नेपालको राजनीतिमा कोल्टे फेर्न बाध्यात्मक परिस्थितिको सृजना गरयो र नेपालको अन्तरिम संविधान २०६३ ले नेपाल, संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल को रुपमा रुपान्तरण ग¥यो ।
संघीय शासन व्यवस्थालाई कसरी सार्थक एवं मूर्त रुप दिने भन्ने सवालमा नेपालमा क्रियाशिल राजनैतिक पार्टीहरुले नेपाललाई विभिन्न प्रान्तमा विभाजन गरेको छ । यसरी संविधान सभा राज्य पुनसंरचना तथा राज्य शक्तिको बाँडफाँड समितिले १४ वटा प्रदेशको खाका तयार गरेको छ । यसरी प्रदेशको खाका तयार गर्ने शिल शिलामा राष्ट्रिय जनमूक्ति पार्टीले पनि १२ प्रदेशको खाका तयार गरि संविधान सभा विघटन हुन पूर्व संवैधानिक समितिमा पेश गरेको छ । यसरी पेश भएका प्रदेशहरुमा,. १)लिम्बुवान प्रदेश २) किरात प्रदेश ३) तामसालीङ्ग प्रदेश ४) नेवाःप्रदेश ५) तमुवान प्रदेश ६) मगरात प्रदेश ७) खसान प्रदेश ८) दलित प्रदेश ९) थरुहथ प्रदेश १०) लुम्बिनी प्रदेश ११) भोजपुरा प्रदेश र १२ मिथिला प्रदेश रहेका छन् ।
राष्ट्रिय जनमूक्ति पार्टीबाट प्रस्तावित १२ वटा प्रदेशहरुको प्रदेशिक संरचना कस्तो हुने, हाल साविकमा रहेका कुन कुन अञ्चल र जिल्ला तथा गा.वि.स. एवं न.पा.हरु कहा कता र कुन प्रदेशमा पर्ने, यसको मोटामोटी सिमांकन तथा नकसांकन गर्ने, १२ वटै प्रदेशको अवधारणा पत्र तयार गर्दै जानेक्रममा मगरात प्रदेशको अवधारणा पत्र मगरात राज्य परिषद द्धारा पारित गरि मगरात प्रदेशमा लागु गरिएको छ ।
मगरात प्रदेश :
प्रस्तावित मगरात प्रदेशमा पाल्पा, गुल्मी, अर्घाखाँची प्यूठान, रोल्पा रुकुम, सल्यान, म्याग्दी वाग्लुङ्ग गरी सबै जिल्लाहरु गोर्खा, तनहुँ, स्याङ्गजा, नवलपरासी दाङ्ग पवर्त, सुर्खेत दैलेख र डोल्पा जिल्लाका मगर बहुल्यता भएका क्षेत्रहरु समावेस गरि मगरात राज्य निर्माण गरिएको छ ।
पूर्वमा तामसालिङ्ग पश्चिममा खसान उत्तरमा तिब्बत र दक्षिणमा लुम्विनी प्रदेश यस मगरात प्रदेशका सिमाना रहेको छ । यस प्रदेशमा मोटामोटी जनसंख्या २० लाख १६ हजार १ सय ६१ रहेको छ । मगरात प्रदेशमा मगरहरुको जनसंख्या लगभग ३५ प्रतिशत रहेको छ ।
यस प्रदेशमा मगर बाहेक अन्य समुदायका मानिसहरु पनि वसोवास गर्दै छन् । यहाँ सबै मिलि जुली वस्दछन् । आ–आफ्ना संस्कार संस्कृतिहरु आवलम्बन गर्दछन् । सबै समुदाय एक आपसमा भाईचारा एवं मातृत्वको भावना कायम राख्दछन् ।
मगरात प्रदेश किन ?
मगरात क्षेत्र प्राचिन भूमि हो । मगरात नेपालको इतिहास हो । मगरात साझा सभ्यता हो । मगरात सबैको ऐतिहासिक पहिचान हो र गौरव पनि हो । मगरातको नामंकन र सिमांकन इतिहासले कोरी दिएको छ । मगरातको ऐतिहासिक विरासतलाई जीवित राख्न र मगरात वासीको पहिचानलाई स्थापित गराउन मगरात प्रदेशको स्थापित हुनु अपरिहार्य छ ।
मगरात प्रदेश अन्र्तगतका भू–खण्ड सम्पूर्ण मगरात वासीको साझा भूगोल हो । यस भूगोलमा बोलिने भाषा, भान्दै आएको धर्म संस्कार, चल्ती चलनमा आएको चाल चलन रितिरिवाज भेष भूसा यस प्रदेशको अमूल्य नीति हुन ।
यस प्रदेशमा भएका रहेका प्राकृतिक सम्पदा जल जमिन जंगल खनिज एवं जडीवुटी मगरात प्रदेशको प्रमुख आयश्रोत हुने छ ।
मगरात राज्य परिषद राष्ट्रिय जनमूक्ति पार्टीको सिद्धान्त नीति, विधान र घोषणा पत्र अनुसार अघि बढ्ने छ ।
मगरात राज्यको विधायिका :– मगरात राज्यमा एक सदनात्मक विधायिका रहने छ । विधायिकाहरुको संख्या विधानमा तोके बमोजिम हुने छ ।
मगरात राज्यमा प्रतिनिधित्वको व्यवस्था :– मगरात प्रदेशमा वसोवास गर्ने सबै मगरात वासीको जनसंख्याको आधारमा प्रदेशको हरेक अंग एवं निकायमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था हुने छ । अनुपातमा आउन नसकेका जाति वा वर्गलाई समावेशीको सिद्धान्त अनुरुप प्रतिनिधित्व गराईने छ ।
मगरात राज्यमा भाषाको व्यवस्था :– मगरात प्रदेशमा वोलीने सबै भाषा मगराती भाषा हुन । सबै भाषाको स्तर समान हुने छन् । सबै भाषामा शिक्षाको व्यवस्था हुने छ । मगराती भाषाको संरक्षण र सम्बद्र्धन मगरात राज्यले गर्ने छ । मगरात प्रदेशमा बहुभाषिक नीति रहने छ । मगरातमा .बोलिने सबै भााषामा प्रशासन, न्याय लगायतका क्षेत्रमा चल्ने छन् ।
मगरात प्रदेशमा धर्म संस्कार :– मगरात राज्यले धर्म निरपेक्षको नीति आवलम्बन गर्ने छ । मगरात प्रदेशमा बस्ने जो कोही धार्मिक रुपमा स्वतन्त्र हुने छन् । धर्म संस्कारको आधारमा कसैलाई भेदभाव गरिने छैन । मगरात वासीले आफूले मान्दै आएको रितीरिवाज र चलाउँदै आएको चाल चलन स्वतन्त्ररुपले मान्न पाउने छन् । राज्यबाट समान व्यवहार सहयोग, संरक्षण गरिने छ ।
मगरात प्रदेशमा न्याय व्यवस्था :– मगरात राज्यमा जातिय प्रथा जनित न्याय प्रणालीलाई मान्य दिने छ । राज्यमा तीन तहको अदालत रहने छ । स्थानीय अदालत, पुनरावेदन अदालत, उच्च अदालत । हरेक भाषा, भाषीलाई अदालतमा कामकाजी भाषा बनाउने छ ।
जातिय भेदभाव सम्बन्धमा :– जातिय, भाषिक, धार्मिक लैङ्गीक एवं सामाजिक कारणले भेदभाव तथा छुवाछुट गरिने छैन । यस प्रकारको भेद भाव एवं छुवाछुट लाई सार्वजनिक अपराध गरे सरह मानिने छ ।
महिला तथा लैङ्गिकहिसां सम्बन्धमा :– महिला माथि हुने कुनै पनि दमन, उत्पिडन विभेद महिला हिंसा भएको ठहरिने छ । यस्तो हिंसालाई जघन्य अपराध मानी कानुनी कारवाही गरिने छ । १५ दिन भित्र उचित न्याय प्रदान गरिने छ ।
शिक्षा नीति सम्बन्धमा :– मगरात प्रदेशमा बहुभाषिक शिक्षा नीति हुने छ । सबै वालबालिका आफ्नो मातृभाषामा उच्चशिक्षा हासिल गर्न पाउने छन् । वैज्ञानिक एवं प्राविधिक शिक्षा नीति रहने छ । उच्च माध्यमिक तह सम्म निशुल्क शिक्षा प्रदान गरिने छ ।
कृषि तथा उद्योग सम्बन्धमा :– मगरात प्रदेशको भौगोलिक अवस्थालाई वर्गीकरण गरी अन्नवाली उत्पादन , फलफूल उत्पादन, चरिचरन, खनिज पदार्थ उत्खनन, वस्तीविकास, उद्योग व्यवसाय सञ्चालन, गरिने व्यवस्था हुने छ । प्राविधिक रुपले माटो परीक्षण गरी सोही भुताविक आधुनिक कृषि प्रणाली लागु गरिने छ ।
पर्यटन सम्बन्धमा :– मगरात प्रदेश भित्रका पर्यटकिय स्थान हरुलाई व्यवस्थित गर्दै तथा नयाँ पर्यटकीय स्थानहरुको पहिचान निर्माण गर्ने छ । बाह्य तथा आन्तरिक पर्यटकहरुको सुरक्षा तथा सुविधामा पूर्ण ध्यान दिने छ । पर्यटन व्यवसायलाई राज्यले प्रमुख व्यवसायको रुपमा लिने छ ।
यातायात सम्बन्धमा :– मगरात प्रदेशमा सडक, हवाई तथा जल यातायात सञ्चालन गरिने छ । काली गण्डकी नदि जल यातायातको लागि उपयोगमा ल्याइने छ । प्रदेश भित्र उपयुक्त ठाउँहरुमा हवाईजहाज ग्राउण्ड निर्माण गरी हवाई सेवा सञ्चालन गरिने छ । प्रदेशको सबै गा.वि.स. र न.पा. का गाउँ टोलहरुमा सडक पुराईने छ । राज्यमा प्रयाप्त विद्युत उत्पादन पछि केवल कार र रोप वे बाट यातायात सुविधा प्रदान गरिने छ ।
जलश्रोत तथा विद्युत सम्बन्धमा :– मगरात प्रदेश उच्च पहाडी तथा हिमालय क्षेत्रले भरिएको हुँदा यस क्षेत्रमा बग्ने नदीहरु स्थायी प्रकृति र तेज गतिमा बग्ने भएकाले प्रचुर मात्रामा जलविद्युत उत्पादन गर्न सकिने आधारहरु प्रशस्त छन् । यस क्षेत्रमा बग्ने नदीबाट ठूला तथा साना विद्युत गृह निर्माण गरी मगरात तथा अन्य प्रदेशहरुमा विद्युत वितरण गर्ने नीति आवलम्बन गर्ने छ ।
वनजंगल सम्बन्धमा :– मगरात प्रदेशमा वनजंगल प्रशस्त मात्रामा छन् । यहाँ भएका वनजंगलको प्रकृति र उपयोगिताको आधारमा आरक्ष क्षेत्र, चरिचरन क्षेत्र, काठदाउरा क्षेत्रमा विभाजन गरि वनजंगललाई व्यवस्थित गरिन्छ । स्थानीय उपभोक्तहरुलाई आवश्यक पर्ने काठदाउरा घाँस स्यालाको अपूर्तिमा आत्मनिर्भर गरिन्छ ।
खानी÷खनीज पदार्थ सम्बन्धमा :– मगरात प्रदेशमा विभिन्न खनिज पदार्थ रहेको छ । यस प्रदेशमा भएको खनिज पदार्थको उत्खाननको लागि खनिज पदार्थ भएको क्षेत्र वर्गी करण गरिने छ । उत्पादीत कच्चा खनिज पदार्थको प्रशोधानको व्यवस्था गरिने छ ।
खाद्य सुरक्षा संबन्धमा :– मगरात प्रदेशमा पहाडी र हिमाली क्षेत्र धेरै भएकाले अन्नवाली कम उत्पादन हुने गर्दछ । यस प्रदेशमा भुकमरी हुन नदिन खाद्य सुरक्षाको निति कडाई का साथ लागु गरिने छ ।
जलबायु तथा पर्यवरण सम्बन्धमा :– जलवायुलाई प्रभाव पार्ने खालका उद्योग कलकारखाना सवारी साधन तथा वढ्दो जनसंख्याबाट उत्सर्जन हुने कार्बन लाई न्यूनिकरण गरी जलवायु तथा वातावरण सन्तुलन बनाई राख्न वृक्ष रोपणको निति अपनाईने छ ।
आन्तरिक सुरक्षा सम्बन्धमा :– मगरात राज्यमा कानुन व्यवस्थालाई मजबुद बनाई राख्न आन्तरिक सुरक्षा बल गठन गरी परिचालन गरिने छ ।
बेरोजगार समस्या सम्बन्धमा :– बेरोजगार समस्यालाई न्यूनिकरण गर्न रोजगारको व्यवस्था नहुँदा सम्म राज्यकोषबाट दैनिक गुजारा चल्न सक्ने गरी बेरोजगार भत्ता व्यवस्था गरिने छ ।
स्वास्थ्य सम्बन्धमा :– स्वस्था रहन पाउनु मानिसको आधिकार हो । प्रत्येक नागरिकको स्वास्थ्यको देखभाल गर्नु राज्यको कर्तब्य हो । मगरात राज्यमा नागरिकलाइ पाय पर्ने स्थानहरुमा निशुल्क स्वास्थ्य सेवा उपलब्ध
गराईने छ ।
वृद्धबद्धा सम्बन्धमा :– राज्य शक्तिको श्रोत जनता नै हुन । जीवनको उत्तारर्धमा आईपुगे पछि कतिपय वृद्धवृद्धाहरु राज्य विहीनताको अवस्थामा रहन्छन् । राज्य यसबाट पन्छिन पाउँदैन । मगरात राज्यमा पायक पर्ने ठाउँहरुमा वृद्धवृद्धाहरुका लागि आश्राम खोली सञ्चालन गरिने छ ।
अनाथ बालबालिका तथा अपाङ्गता भएका सम्बन्धमा :– प्राकृतिक प्रकोप तथा असामाजिक अपतविपतबाट अनाथ हुन पुगेका बालबालिकाहरुको लागि मगरात राज्य स्तरबाट अनाथलय सञ्चालन गरिने छ ।
जेष्ठ नागरिक सम्बन्धमा :– मगरात राज्यमा साठी वर्ष पुगेका महिला र पैसठ्ठी वर्ष उमेर पुगेका पुरुषहरुलाई जेष्ठ नागरिक मानिने छ । राज्य कोषबाट जेष्ठनागरिक भत्ता उपलब्ध गराईने छ ।
यातायात तथा परिवहन सुविधा सम्बन्धमा :– मगरात राज्यमा १३ वर्ष उमेर नपुगेका बालबालिका नाबालक मानिने छ । राज्यबाट सञ्चालित परिवहन सेवामा जेष्ठ नागरिक, नाबालक र अपाङ्गता भएकालाई ५०% भाडामा सुविधा रहने गरी यातायात गर्न पाउने व्यवस्था गरिने छ ।
विमा सम्बन्धमा :– मगरात राज्यमा हरेक नागरिकले अनिवार्य विमा गर्नु पर्ने छ । विशेष प्रकृतिका रोग बाहेक सम्पूर्ण विमारको उपचार निशुल्क गरिने छ ।
कर प्रणाली :– मगरात राज्यमा वैज्ञानिक कर प्रणाली लागु गरिने छ । केन्द्रिय कर निति सगँ नबाँझीने गरी राज्यको करनीति बनाई लागु गरिने छ ।
भ्रष्टाचार सम्बन्धमा :– भ्रष्टाचार विकास को प्रमुख दुस्मन हो । भ्रष्टाचारीलाई राज्यद्रोह सम्मको अभियोग लगाई सर्वस्व सहित अजिवन कारावासको सजाय हुने नीति बनाईने छ ।
गरिव तथा विपन्न वर्ग सम्बन्धमा :– विगत लामो समय देखि जातीय भाषीक, धार्मिक , सांस्कृतिक एवं वर्गीय उत्पीडनमा परेका सामुदायको मगरात राज्यमा समान स्तर छैन । ती गरीव तथा विपन्न वर्गका घरपरिवारको अभिलेख तयार गरी अन्य सरह हैसियत वृद्धि नहुँदाका वखत सम्म राज्यबाट विशेष सुविधा पाउने व्यवस्था गरिने छ ।
भूमीहीन सम्बन्धमा :– मगरात राज्यमा रहेका भूमिहीनहरुको लागत तयार गरी उपयुक्त स्थानहरुमा भुमीहीनहरुको वासोवासको व्यवस्था गरिने छ ।
प्रेश स्वतन्त्र सम्बन्धमा :– मगरात राज्यमा पूर्ण प्रेस स्वतन्त्रता रहने छ । प्रेस माथि कुनै किसिमको हस्तक्षेप गरिने छैन ।
कर्मचारी तथा शिक्षक सम्बन्धमा :– राज्यलाई आवश्यक पर्ने कर्मचारी तथा शिक्षक अपूर्ति गर्न आयोग गठन गरिने छ । निस्पक्ष एवं पारदर्शी हुने गरी जातीय जनसंख्याको अनुपातमा कोटा निर्धारण गरी भर्ना गर्ने व्यवस्था गरिने छ । कर्मचारी तथा शिक्षकहरुलाई सेवा अवधि ३० वर्ष वा ५५ वर्षको उमेर जुन अघि हुन्छ अनिवार्य अवकशमा पठाईने छ ।
विविध :
क) मगरात राज्य , अन्य राज्यहरुसँग सुमधुर सम्बन्ध कायम गर्ने छ ।
ख) राज्य राज्य विचमा कुनै विषयमा विवाद भएमा अपासमा वसी समस्या समाधान गरिने छ ।
ग) केन्दिीय सरकारले राज्य सरकारको नीति तथा कार्यक्रममा हस्तक्षेप गर्न पाईन छैन
घ) राष्ट्रिय अखण्डता पारवहन, मुद्रा स्फीती, हुलाक सेवा, सैनिक सेवा, ठूला ठुला समारिक महत्वका उद्योग, अन्र्तराष्ट्रिय हवाई सेवा आदि वाहेकका विकास निर्माण स्वास्थ्य, शिक्षा, आन्तरिक सुरक्षा, सामाजिक सुरक्षा, रोजगार तथा श्रोत परिचालन राज्य सरकारबाट गरिने छ ।
ङ) मगरात प्रदेशमा संकलित राजस्वको २०% केन्द्र सरकार र ८०% राज्य सरकारमा रहने गरी राजस्व बाँडफाँड गरिने छ ।
च) मगरात प्रदेशको राजधानी पाल्पा हुने छ । बैकल्पिक राजधानीको रुपमा बाग्लुङ्गमा राख्न सकिने छ ।
छ) एकल महिला सुविधाको व्यवस्था गरिने छ ।
मगरात राज्यपरिषदको लागि प्रस्तावित कार्यक्रमहरु
मगरात राज्य परिषदले निम्न कार्यक्रमहरु गर्ने छन् ।
पार्टी संगठन सम्बन्धमा
क) पार्टीको विधान बमोजिम स्थायी समिति तथा संघीय परिषदले समय समयमा संगठन सम्बन्धि गरेको निर्णय बमोजिम संगठनीक गतिविधिहरु तिव्र रुपले सञ्चालन गर्ने ।
ख) जिल्ला समिति गठन नभएका जिल्लाहरुमा जिल्ला समिति, निर्वाचन समिति, गाउँ तथा नगरसमितिहरु गठन गर्दै जाने ।
ग) राष्ट्रिय जनमुक्ति पार्टीको भातृसंगठनहरु राज्य तह देखि जिल्ला तह देखि स्थानीय तह सम्म गठन गर्ने ।
निर्वाचन सम्बन्धि :–
क)अगामी हुने संविधान सभाको निर्वाचनमा मगरात राज्य परिषद अन्र्तगतका सबै निर्वाचन क्षेत्रहरुमा पार्टिले अनिवार्य रुपमा भाग लिने । सोको लागि आवश्यक तयारी गर्ने ।
ख) पार्टीलाई वैकल्पिक शक्तिको रुपमा स्थापित गर्न मगरात राज्य परिषद अन्र्तगतका सबै नेता कार्यकर्ताहरु पूर्ण रुपमा क्रियाशिल हुनु पर्ने ।
ग) मगरात राज्य परिषदले कम्तिमा ५ लाख नयाँ सदस्य बनाउने ।
जनजागरण अभियान :–
क) संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न नदिने सड्यन्त्र विरुद्ध जनजगरण अभियन सञ्चालन गर्ने ।
ख) पार्टीको आन्तरिक तथा संसामयिक विषय वस्तुमा पार्टी प्रशिक्षण तथा सचेतना कार्यक्रम सञ्चालन गर्दै जाने ।
आर्थिक स्रोत सम्बन्धमा :–
पार्टी संगठनलाई चलाएमान राख्न पार्टी लेवी, स्वएच्छिक सहयोग तथा विभिन्न खाले आर्थिक उर्पाजनका गतिविधि सञ्चालन गर्ने ।