देवदह गाविसको क्षेत्र भित्र रहेको अव्यवस्थित बजार व्यवस्थापन गरिने

Read Time:3 Minute, 14 Second

गोविन्द घर्ति देवदह मंसीर २७ । देवदह गाविसको क्षेत्र भित्र रहेको अव्यवस्थित बजार व्यवस्थापन गरिने भएको छ । देवदह गाविसको आयोजनामा देवदह क्षेत्रमा क्रियाशिल राजनैतिक दल, बजार व्यवस्थापन समिति, देवदह व्यापार संघ, विभिन्न संघसंस्था तथा स्थानीय समाजसेवीहरुको संयुक्त बैठकले उक्त निर्णय गरेको हो । देवदह क्षेत्रका ८२ फिट भित्रको अतिक्रमित हटाउने, फोहोर व्यवस्थापन गर्ने, सवारी साधनको पार्किङ्गको व्यवस्था गर्ने लगायतका विषयहरुको निर्णय गरेको देवदह गाविसले जनाएको छ । सडक विभागले तोके बमोजिक ८२ फिट भित्र रहेका फलफुल पसल, तरकारी पसल, मासु पसल तथा ठेलागाडाहरुलाई व्यवस्थित गर्न समेत बैठकले निर्णय गरेको छ । त्यसका लागि ८२ फिट भित्रको क्षेत्रलाई भाडामा लगाउने घरधनी तथा सो क्षेत्रमा व्यवसायीय गर्ने सम्पूर्ण व्यवसायीयलाई बैकल्पिक व्यवसायको खोजी गर्न आग्रह गरेको छ । सडक विभाग तथा  पश्चिमाञ्चल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले समेत ८२  क्षेत्रको अतिक्रमित हटाउन देवदह गाविसलाई अनुरोध गरेका कारण सोही अनुरुप गर्न गराउन स्थानीय घरधनी तथा सम्पूर्ण व्यवसायीयहरुलाई देवदह गाविसको संयुक्त बैठकले आव्हान गरेको छ । साथै फोहोर व्यवस्थापनका लागि डम्पिङ्ग साईडको अध्ययन गर्न कार्यदल गठन गरेको छ । देवदह गाविसका सचिव वव्रु वहान सापकोटाको अध्यक्षतामा बसेको बैठकमा नेकपा एमाले रुपन्देहीका जिल्ला सदस्य ऋषिराम सापकोटा, एकिकृत माओवादी देवदहका अध्यक्ष कृष्ण ढकाल, नेपाली कांग्रेस देवदहका सभापति  दुर्गा बहादुर राना, एमाले देवदहका अध्यक्ष पदम थापा, राष्ट्रिय जनमुक्ति पार्टी देवदहका अध्यक्ष डम्वर बहादुर थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका मित्रलाल खरेल, देवदह व्यापार संघका अध्यक्ष रुद्रमान ढकाल, देवदह बजार व्यवस्थापन समितिका अध्यक्ष गोविन्द ठड्राई, वातावरण संरक्षण मञ्चका तेजु अर्याल, प्रमोड खनाल, दिपक न्यौपाने, विभिन्न संघसंस्थाका प्रमुखहरुले बोल्दै गाविसले गरेको  निर्णयलाई स्थानीयवासी, घरधनी र व्यवसायीहरुले कार्यान्वयन गर्नु  पर्नेमा जोड दिएका थिए ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %