देवदह मंसीर २७, तमू ह्युला छोंज धिं गुरुङ राष्ट्रिय परिषद देवदह इकाई समितिको विस्तारित भेला देवदहमा आज सम्पन्न भएको छ । भेलाले आगामी पौष–१५ मा पर्ने तमू ल्होसार भव्यताका साथ मनाउन १ सय ५१ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ । ईकाइ समितिका अध्यक्ष सुरेन्द्र तमूको संयोजकत्वमा बनेको मूल आयोजक समितिमा खेमा तमू छोंज धिं देवदहका अध्यक्ष थमन सिंह तमू, पर्वत तमू समाजका अध्यक्ष तारा प्रसाद तमू र बुद्धनगर तमू समाजका अध्यक्ष धन सिंह तमू लाई सह–संयोजकको रुपमा चयन गरिएको छ । त्यस्तै भेलाले ल्होसार कार्यक्रम सम्पन्न गर्न विभिन्न उप समितिहरु समेत गठन गरेको छ । गठित उप समितिहरुमा मञ्च व्यवस्थापन उप समिति संयोजकमा पान बहादुर तमू, साउण्ड सिस्टममा थमन सिंह तमू, स्वागत उप समितिमा सुरेन्द्र तमू, अतिथि सत्कार देवराज
तमू, ज्ञानसरी तमू, स्याई–स्याई उप समितिमा पर बहादुर तमू, आर्थिक उप समितिमा टौ बहादुर तमू लगायत रहेका छन् । भेलाले आगामी पौष ६ गते हुने गुरुङ चलचित्र संघ (जीफान) को बृहत सांस्कृतिक कार्यक्रम लाई सफल पार्न एक सहयोग समिति गठन गरेको छ । भिम तमूको संयोजकत्वमा गठित उक्त सहयोग समितिमा सुरेन्द्र तमू, थमन सिंह तमू, तारा प्रसाद तमू, धन सिंह तमू, घन बहादुर तमू र ज्ञानसरी तमू चयन भएका छन् । इकाई समितिका अध्यक्ष सुरेन्द्र तमूको अध्यक्षता पूर्व केन्द्रिय सचिव भिम तमूको प्रमुख आतिथ्यतामा भएको भेलामा थमन सिंह तमू, तारा प्रसाद तमू, डम्बर बहादुर तमू, ज्ञानसरी तमू, गौमति तमू, खम बहादुर तमू लगायतले आ–आफ्नो भनाई राखेका थिए । कार्यक्रम सह सचिव कोस बहादुर तमुको सञ्चालन उपाध्यक्ष पान बहादुर तमूको स्वागतमा भएको थियो ।
तमू ह्युला छोंज धिं गुरुङ राष्ट्रिय परिषद देवदह इकाई समितिको विस्तारित भेला
Read Time:2 Minute, 33 Second
