फूलमाला सहित पदम कुवँर जेलमुक्त

Read Time:2 Minute, 30 Second

काठमाडौं, २७ मंशिर, एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हातपात गर्ने बाग्लुङका पदम कुँवर मंगलबार जेलमुक्त भएका छन् । प्रचण्डले नै धरौटी रकम जम्मा गरिदिएपछि कुवर महानगरिय प्रहरी परिसर हनुमानढोकाबाट रिहा भएका हुन् । जेलबाट छुट्ने बित्तिकै कुँवरका समर्थकहरुले अबीर र माला लगाईदिई केहिबेर उनको समर्थनमा नाराबाजी समेत गरेका थिए । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मागेको २८ हजार धरौटी तिन नसके पछि कुँवरलाई जेल पठाइएको थियो ।
प्रचण्डका तर्फबाट उहाका सहयोगी शिब खकुरेलले जिल्ला प्रशासन कार्यालयमा धरौटी बापतको २८ हजार रकम जम्मा गर्नुभएको हो । खकुरेलले प्रचण्डलाई हातपात गर्ने कुवरलाई पहिले नै माफी दिएपनि घटनालाई राजनितीकरण गर्न खोजिएका कारण आफैले धरौटी बापतको रकम जम्मा गराएको जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालयमा उपस्थीत भएका कुवरले पार्टी र नेताबाट जनताले आशा गरेको कुरा प्रात्त गर्न नसकेपछि आफु आक्रोशित भएको बताएका छन् ।
यसअघि धरौटी रकम तिर्नका लागी विदेशमा रहेका नेपालीहरुले ५८ हजार रुपैँया सङ्कलन गरेर पठाइएका थिए भने सहयोग रकम आउनेक्रम अझै जारी छ ।
काठमाडौंको भृकुटीमन्डपमा मंसिर १ गते एकीकृत माओवादीले आयोजना गरेको चियापान कार्यक्रममा पदमले एकीकृत माओवादी अध्यक्ष प्रचण्डलाई थप्पड प्रहार गरेपछि सार्वनिक अपराध ऐन् अन्तर्गत काठमाडौं प्रहरीले महाराजगंजस्थित दुई नम्बर गणको हिरासतमा राखेको थियो । थप्पड प्रहार गर्ने बितिकै कुवरलाई माओबादी कार्यकर्ताले कुटपित गर्दे घाईते बनाएका थिए । अब पदमले आफुलाई कुट्ने बिरुद्ध जाहेरी दिने भएका छन् । पुर्ब जनमुक्ति सेनाका जवान कुवरका दिदि पनि जनमुक्ति सेनामै थिए ।
 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %