विभिन्न क्षेत्रमा योगदान पुराउन सफल ६ जनालाई सम्मान

Read Time:5 Minute, 8 Second

दीपा आले
नेपालगन्ज २५ मंसिर, महिला हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत ६४ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा फातिमा फाउण्डेशन नेपाल केन्द्रिय कार्यालयले सोमबार विभिन्न क्षेत्रमा योगदान पुराउन सफल ६ जनालाई सम्मान गरेको छ ।
  सम्मानीत हुनेहरुमा सामुदायिक विकास मञ्चका संस्थापक अध्यक्ष भएर सामाजिक सेवामा २२  वर्षदेखि क्रियाशील भई नेपालकै दोस्रो महिला रक्तदाता सरिता देवी शर्मा, त्यसैगरी महिला र बालबालिकाको क्षेत्रमा १३ वर्ष देखि कलम चलाई समाजलाई खबरदारी गर्दै आएका पत्रकार अछरी पोख्रेल, समाजमा कलमको माध्यमबाट आवाज विहिनहरुको आवाजलाई उजागर गर्न सक्रिय भूमिका निभाउन सफल क्रियाशील पत्रकार दीपा आले, महिला अधिकारका क्षेत्रमा लामो समय सक्रिय भूमिका खेल्न सफल गंगा वली, १८ वर्षदेखि सामाजिक क्षेत्रमा क्रियाशील विशेष गरी पछाडि परेका मुस्लिम मधेशी महिलाको हकहितमा वकालत गर्नु भएका रेशमा इद्रीसी, र सामाजिक क्षेत्रमा क्रियाशील मधेशी र मुस्लिम महिलाको अधिकार प्रति वकालत गर्दै आएका अख्तर जहा इद्रीसीलाई  दोसल्ला ओढाई सयपत्री फूल र प्रमाणपत्रले सम्मान गरिएको हो ।
 सम्मान कार्यक्रमलाई समापन गर्दै फातिमा फाउण्डेशन नेपालका कार्यबाहक अध्यक्ष मैमुना सिद्धिकीले समाजमा अहिले पनि लैंिगक हिंसाको नियन्त्रण हुन सकेकोमा दुःख व्यक्त गर्नु भएको थियो ।
 उहांले प्रत्येक मानवले मानवअधिकार प्रत्याभूति गर्न पाउनु पर्ने बताउंदै महिलामाथि हुने सामाजिक विभेदलाई अन्त्य गर्नु पर्ने बताउनु भयो ।
 साथै “मानव अधिकारको सुनिश्चिताकालागि सामुहिक जवाफदेहीता” भन्ने मूल नारा सहित सोमबार नेपालगन्जमा अन्तरसम्वाद कार्यक्रममा बर्दियाकी मानव अधिकारकर्मी मंगलाकुमारी श्रेष्ठलाई  भजन चौधरीस्मृति मानव अधिकार पुरुस्कार बाट सम्मान गरिएको छ ।
विभिन्न मानवअधिकार सञ्जालको आयोजनामा ६४ औ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस अवसर पारी लामो समय देखि समाजमा योगदान पुराएको हुनाले उहांलाई भजन चौधरी स्मृतिबाट सम्मानित गरिएको हो ।
 कार्यक्रममा इन्सेकका केन्द्रीय अध्यक्ष सुबोध प्याकुरेल, पुनराबेदन अदालतका माननीय न्यायधीश किशोर सिलवाल, राष्ट्रिय मानवअधिकार आयोगका क्षेत्रीय निर्देशक मुरारी खरेल, प्रमुख जिल्ला अधिकारी ढुण्डीराज पोख्रेल, स्थानीय विकास अधिकारी विश्वराज डोटेल, महिला तथा बालबालिका कार्यालय प्रमुख शोभा शाह, नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष सुनिल कुमार शर्मा लगायतले ६४ औ अन्तर्राष्ट्रिय दिवसको अवसरमा आ आफ्ना धारणा राख्दै समाजमा मानवमाथि गरिने जुनसुकै हिंसालाई सबै मिलि निर्मूल पार्नु पर्ने बताएका थिए ।
 यसैबीच  महिलामाथि हुने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अन्तिम दिन “घर शान्ति नै विश्व शान्तिको आधार” भन्ने नाराका साथ गत नोभेम्बर २५ देखि सुरु भएको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानमाविभिन्न जनचेतना मुलुक कार्यक्रम गरिएका थिए । त्यसैगरीअभियानअन्र्तगत आज नेपालन्जमा बृहत रयाली गरिएको छ । भेरी अन्चल अस्पतालबाट निस्किएको रयाली त्रिभुवन चोक, बिपि चोक, बिरेन्द्र चोक हुन्दै सेतु बिकचोकमा गएर समापन भएको छ । र्यालीमा प्रहरी, महिलाका सवालमा काम गर्नेसरकारी तथा गैरसरकारी संघ संस्थाहरु, लगायतले सहभागीता रहेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %