दीपा आले
नेपालगन्ज २५ मंसिर, महिला हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन भैरहेकै बेला पेट्रोल खन्याएर जिंउदै जलाईएकी बर्दियाको गुलरिया नगरपालिका वडा न. ८ बस्ने सिवा हासमीलाई थप उपचारका लागि सोमबार काठमाण्डौ लगिएको छ ।
शरीरको धेरैजसो भाग जलेकी शिवाको उपचारका लागि आर्थिक सहयोग स्वरु प ब्यारेक, राझा स्थित नेपाली सेनाको श्री रुद्रध्वज गण परिवारको तर्फबाट १० हजार १ सय १ रुपिया प्रदान गरिएको छ । आज नै थप उपचारको लागि नेपालगञ्जबाट काठमाडौ लैजाने क्रममा उक्त गणका गणपति प्र.से. लवराज थापा मगरले राझास्थित बिमानस्थलमै गई घाईतेकी दाजु तनवीर अहमद हासमीलाई उक्त रकम हस्तारन्तरण गर्नु भएको हो ।
त्यसैगरी घाईते शिवाको थप उपचारकालागि नेपालगन्जस्थीत विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाले १ लाख भन्दा बढी आर्थिक सहयोग गरेका छन् । घटनाप्रति प्रधानमन्त्रिको कार्यालयको ध्यानआर्कषण भएको र शिवाको उपचारका लागि प्रधानमन्त्री आकस्मिक कोषबाट खर्च गरिने आश्वासन पनि आएको माईती नेपाल नेपालगञ्जका संयोजक केशब कोइरालाले बताउनुभयो । भारत बहराईच स्थाई घर भएका गुलेरीया ८ मा डेरा गरी बस्ने मुन्ना खानका छोरा बाबु खानले सुक्रबार बिहान शौच गर्न जाने क्रममा किशोरीमाथि पेट्रोल खन्याएर आगो लगाएका थिए ।
