माओबादी सस्थापनकै कार्यकता लडे

Read Time:1 Minute, 31 Second

काठमाण्डौ, मंशिर २६, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल पक्ष र नेता एबं प्रधानमन्त्री बाबुराम भट्टराई पक्षीय मजदुरबीच झडप भएको छ । संगठन दर्ता गर्ने निहुँमा टेकुस्थित श्रम कार्यालयमा दुईपक्ष मजदुरबिच झडप भएको हो । मजदुरहरुले अखिल नेपाल होटल तथा रेस्टुरेन्ट मजदुर संघ दर्ता गर्न खोज्दा आधिकारिकता सम्बन्धी विवाद उठेपछि दुईपक्षबिच झडप भएको बुझिएको छ । झडपमा बिक्रम राइ , मणिराम थापा , राजन बिष्ट घाइते भएका छन । जबरजस्ती जमरकट्टेल पक्षले युनियन खडा गर्न खोजेको भन्दै किर्ते कागज हो होइन चेकजाच गर्न गएको टोलीलाई बाटोमै १७ जनाको समुहले आक्रमण गरेको घाइते बिक्रम राइको दाबी छ । उहाँका अनुसार जमरकट्टेलले मजदुरको गलत सहिछापको प्रयोग गरि युनियन खडागर्ने प्रयास गरेको र श्रम विभागले पनि त्यसम मिलेमतो गरेको आरोप लगाउनुभयो । विवाद चर्किदै गएपछि किर्ते कागजमा श्रम विभागको मिलेमतो भए कारबाहि गर्ने श्रम विभागका शाखा अधिकृत तुलसीराम पाण्डेले बताउनु भयो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %