दीपा आले
नेपालगन्ज २४ मंसिर, ‘निर्वाचन शिक्षा तथा सूचनाको विस्तार’ ‘स्वतन्त्र र निष्पक्ष निर्वाचनको पूर्वाधार’ भन्ने मूल नारा सहित जिल्ला निर्वाचन कार्यालय बांकेले दिएको चार दिने निर्वाचन शिक्षा स्रोत व्यक्ति विकासकालागि जिल्लास्तरिय प्रशिक्षक प्रशिक्षण तालिम आईतबार नेपालगन्जमा सम्पन भएको छ ।
निर्वाचन शिक्षा जस्तो महत्वपूर्ण विषयमा आम नागरिकले सहि सूचना पाउनु र निर्वाचन स्वतन्त्र र निष्पक्ष बनाउनु तालिमको मुख्य उद्देश्य रहेको हो ।
जिल्ला निर्वाचन कार्यालयको आयोजनामा मंसिर २१ देखि २४ गते सम्म सञ्चालन भएको उक्त तालिमको समापन कार्यक्रममा बोल्दै निमित्त प्रमुख जिल्ला अधिकारी रमानाथ शर्माले तालिम अवधिभर निर्वाचन शिक्षाका विषयवस्तुलाई ध्यान दिर्दै आम नागरिकलाई बुझाउनु पर्ने बताउनु भयो ।
उहांले मतदाताको कर्तब्य र जिम्मेवारीलाई ध्यान दिन सके मतको दुरुपयोग नहुने बताउंदै तालिममा सिकेका निर्वाचन शिक्षालाई आम जनताले बुझ्ने गरी शिक्षा दिन सके मत बदर हुन बाट बच्न सक्ने बताउनुभयो ।
समापन कार्यक्रममा बोल्दै जिल्ला निर्वाचन अधिकारी लोक बहादुर रानाले निर्वाचन शिक्षाको तालिम बाट प्राप्त प्रशिक्षकले सबैलाई सरल र सुलभ तरिकाले बुझाउन महत्वपूर्ण भूमिका खेल्नु पर्ने धारणा राख्नु भयो ।
कार्यक्रम अवधिभर निर्वाचन शिक्षाका विषय निर्वाचन शिक्षा गर्नुको उद्देश्य, महत्व, वयस्क सिकाई सिद्धान्त, सिक्ने शैली, सहजीकरण सीप, लोकतन्त्र तथा विर्नाचन, लोकतन्त्रको किसिम प्रत्यक्ष र अप्रत्यक्ष, लोकतन्त्रको आधारभूत तत्वहरु,लोकतन्त्रमा बहुदलीयता, लोकतन्त्रमा निर्वाचन किन ? नागरिकको अधिकार र कर्तब्य, निर्वाचन प्रणालीमा निर्वाचन चक्र, मददाता दर्ता, मतदान तथा मतगणना प्रक्रिया, निर्वाचन व्यवस्थापन गर्न निकाय तथा निर्वाचन सम्बन्धी कानूनी संरचना, नमुना प्रस्तुतीका लागि तयारी, नमूना प्रस्तुती तथा समापन कार्यक्रम साथै नमुना मतदानका लागि विधुतीय मतदान यन्त्र जस्ता विषयवस्तुको बारेमा चार दिन सम्म समूहगत रुपमा छलफल र अभ्यास गरिएको थियो । भने उक्त निर्वाचन शिक्षाका विषयबस्तुमा जिल्ला निर्वाचन अधिकारी लोक बहादुर राना, शुनिल शाह र टंकराज दाहालले सहजिकरण गर्नु भएको थियो । निर्वाचन शिक्षाका बारेमा सहभागीहरुबाट सपना भट्टराई र केशव पौडेल बोल्नु भएको थियो । निर्वाचन शिक्षा स्रोत व्यक्ति विकासकालागि जिल्लास्तरिय प्रशिक्षक प्रशिक्षण तालिममा विद्यालयका शिक्षक स्रोत व्यक्ति, नागरिक समाज र सञ्चार क्षेत्रबाट सहभागीता रहेको थियो ।
निर्वाचन शिक्षा प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न
Read Time:4 Minute, 1 Second
