देब पचभैया
पाल्पा, मंसिर २४, शान्तिमन्त्री टोपबहादुर रायमाझीले देशको भविष्यको कुनै निश्चत नभएसम्म बाबुराम भट्राईको सरकार देशलाई वेवारिसे छाडेर कुर्सीबाट नभाग्ने बताउनु भएको छ ।
पाल्पाको सोमादी गाबिसले आयोजना गरेको ३ दिने बिकास मेलाको आज बेलुकी समापन गर्दे मन्त्री रायमाझीले राजनितिक दलहरु बिच प्याकेजमा सहमति भएको दिन मिनेट भरमै सरकार छोड्ने बताउनुभएको छ ।
मन्त्री रायमाझीले सफल अर्थमन्त्री बाबुराम भट्टराइलाई असफल प्रधानमन्त्री बनाउन प्रतिपक्षीहरु लागेकाले अहिलेको सरकारले काम गर्न नसकेको बताउनु भयो । अहिलेको सरकारले वजेट र कार्यव्रmम ल्यायो भने जनताको मन जितेर आफुहरुलाई पछाडी पार्ने डरले विपक्षी दलहरुले निहु मात्रै खोजिरहेको उहाको आरोप छ ।
मन्त्री रायमाझीले पुरानै सरकारको वजेटमा औंठा छाप लगाएर सहमतिका नाममा आफुहरु खुम्चिनु परेको दुखेसो पोख्नुभयो । उहाले विपक्षीले हलो अड्काएर गोरू चुट्ने प्रवृित्त देखाएको भन्दै काम गर्न नदिने अनि गरेन भनेर आरोप मात्रै लाउने बिपक्षीको कृयाकलाप घिन लाग्दो भएको बताउनु भएको छ । बिपक्षीहरुलाई पनि यही सरकारमा आउन आग्रह गर्दे मन्त्री शर्माले माओबादीकै अगुवाईमा बन्ने सहमतिय सरकारले मात्रै शान्ती र संबिधान दिन सक्ने जिकिर गर्नु भएको छ ।
यसै बिच
शान्ती तथा पुर्ननिर्माण मन्त्री टोप बहादुर रायमाझीलाई कालो झण्डा देखाउने आधा दर्जन बिधार्थी लाई प्रहरीले गिरफ्तार गरेर २ घण्टा पछि छोडेको छ । पाल्पाको सोमादीमा आयोजित बिकास मेलाको समापन गर्न जाने क्रममा आज दिउसो २ बजे तानसेनको बतासे डाडामा शंयुत बिधार्थी आन्दोलनका बिधार्थीहरुले मन्त्री रायमाझी लाई कालो झण्डा देखाएका थिए ।
गिरफ्तार पछि प्रहरीको भ्यानमा रहेका बिधार्थीहरुले सरकार बिरुद्धको नारा लगाएका थिए । बिधार्थीहरुलाई सडक बाहिर गएर शान्तीपुर्ण रुपमा आन्दोलन गर्न आग्रह गर्दा सडकमै आएर कालो झण्डा देखाएको र बाटो अबरोध गर्न खोजेकाले उनीहरुलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
