शान्ती मन्त्रीलाई कालो झण्डा, आधा दर्जन बिधार्थी गिरफ्तार

Read Time:1 Minute, 12 Second

देब पचभैया
पाल्पा, मंशिर २४, पाल्पामा शान्ती तथा पुर्ननिर्माण मन्त्री टोप बहादुर रायमाझीलाई कालो झण्डा देखाउने आधा दर्जन बिधार्थी लाई प्रहरीले गिरफ्तार गरेको छ । पाल्पाको सोमादीमा आयोजित बिकास मेलाको समापन गर्न जाने क्रममा आज दिउसो २ बजे तानसेनको बतासे डाडामा शंयुतm बिधार्थी आन्दोलनका  बिधार्थीहरुले मन्त्री रायमाझी लाई कालो झण्डा देखाएका थिए ।
गिरफ्तार पछि प्रहरीको भ्यानमा रहेका बिधार्थीहरुले सरकार बिरुद्धको नारा लगाएका थिए ।  बिधार्थीहरुलाई सडक बाहिर गएर शान्तीपुर्ण रुपमा आन्दोलन गर्न आग्रह गर्दा सडकमै आएर कालो झण्डा देखाएको र बाटो अबरोध गर्न खोजेकाले उनीहरुलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %