नीति बनाइ कमैया पुनर्वासको काम थालिने प्रधानमन्त्रीको भनाइ

Read Time:1 Minute, 41 Second

टिकापुर , कैलाली मंशिर २४, प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले नीति बनाएर कमैया पुनर्वासको काम थालिने बताउनुभएको छ । शक्तिनगर मुक्तकमैंया शिविरमा एक रातको बसाइले कमैंयाका समस्या बुझन सजिलो भएको र नीति बनाउन सजिलो हुने प्रधानमन्त्रीको भनाइ छ । शनिबार बिहान टीकापुरमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री भट्टराईले काठमाडौं फर्केपछि पुनर्वासको काम थालिने आश्वासन दिनुभएको छ । राजनीतिक दलको सहमतिमा वैशाखमा निर्वाचन गर्नुको विकल्प नभएकाले केही समय ढिलाई हुनुलाई अनौठो मान्नु नहुने र दलहरुले निकास दिने प्रधानमन्त्रीको भनाइ छ । आजै टीकापुर अस्पतालको नवनिर्मित शल्यक्रिया भवनको उद्घाटन गर्दै प्रधानमन्त्री भट्टराईले सुदूरपश्चिमको सम्भावना बोकेको टीकापुर देश सङ्घीयतामा गएपछि सम्वृद्ध हुने बताउनुभयो । प्रधानमन्त्री भट्टराईलाई आजै टीकापुरका विभिन्न संघसंस्थाहरुले ज्ञापनपत्र पनि बुझाएका छन् । यसैबीच कार्यक्रम सकेर फर्कने क्रममा विपक्षी दलका कार्यकर्ताहरुले प्रधानमन्त्री भट्टराईलाई कालो झण्डा देखाउदै केहीबेर नारावाजी गरेका छन् । 

D. Pachabhaiya

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %