काठमाण्डौ, मंशिर २४, एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली काङ्ग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौला र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग सहमतीय सरकार गठनको बारेमा छलफल गर्नुभएको छ । महामन्त्री सिटौला र वरिष्ठ नेता नेपालसँगको भेटमा प्रचण्डले बर्तमान सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउन नसकिए पनि मधेसी मोर्चाको तर्फबाट भावी प्रधानमन्त्री बनाउन प्रस्ताव गर्नुभएको छ । जवाफमा दुबै नेताले बिगतमा भएको ५ बुँदे सहमतिको आधारमा अवको सरकारको नेतृत्व गर्ने पालो नेपाली काङ्ग्रेसको भएकोमा जोड दिएको बुझिएको छ । शनिबार विहान प्रचण्ड निवास लाजिम्पाटमा बसेको सत्ताधारी दलहरुको संयुक्त लोकतान्त्रि, गणतान्त्रिक गठबन्धनको सचिवालयको अनौपचारिक बैठकले सहमतीको लागि पहल गर्ने जिम्मा संयोजक प्रचण्डलाई दिएको थियो ।
D. Pachabhaiya
