डकुमेन्ट्री हेर्दै रुंदै

Read Time:5 Minute, 43 Second

नेपालगन्ज २२ मंसिर
दिनको ११ बज्दै थियो, नेपालगन्जस्थित होटल सिद्धार्थ भ्यूको हल भरिंदै थियो । खचाखच हलमा छिनभरमै सुरु भयो, बृत्तचित्र अन्तिम सन्देशको प्रदर्शन । माओबादीबाट जबर्जस्ती छापामार बनाइएकी सुर्खेत लाटीकोइलीकी दीपा ओलीले गिरफ्तारीपछि सेनाको छिंडीबाट लेखेको कारुणिक अन्तिम पत्रका साथ विषय प्रवेश गरेको बृत्तचित्रमा जब बर्दिया भुरीगाउ“की जगतकुमारी बस्नेत र बर्दिया बनियाभारकी किशोरी कविता ओलीले आंशुको बर्षा गर्न थालिन, त्यही आँशुमा आँशु मिलाए, धेरै बेपत्ता नागरिकका परिवार र आफन्तले । ‘मैले त आफूलाई थाम्नै सकिन, गहभरि आँशु लिंदै द्वन्द्वपीडित एकमाया बिकले भनिन– ‘हाम्रो आँशु कस्ले पुछिदेला ।’
बृत्तचित्र जति अघि बढदैथ्यो, हलमा उत्तिनै सन्नाटा छाउंदै थियो । ‘मैले पनि आफूलाई थाम्नै सकिन, पीडितस“गै बसेर हेर्दा झनै पीडा हुंदोरहेछ ।’– बृत्तचित्रका निर्देशक गणेश पाण्डेले भने । बृत्तचित्र निर्देशन र निर्माणका क्रममा पनि थुप्रैपटक रोएको अनुभव सुनाए संचारकर्मीसमेत रहेका बृत्तचित्रका निर्देशक पाण्डेले ।
एड्भोकेसी फोरमले निर्माण गरेको डकुमेन्ट्रीमा आफन्त बेपत्ता बनाइएपछि परिवारले भोगेको आर्थिक, सामाजिक, मानसिक र कानुनी पीडालाई उजागार गर्दै अबको आवश्यकतालाई जोड दिइएको छ । डकुमेन्ट्रीमा सेनाको हिरासतबाट परिवारलाई अन्तिम पत्र लेखेकी सुर्खेत लाटीकोइली गाविसकी दीपा ओलीको मुद्दालाई मुख्य कथाको रुपमा चित्रित गरिएको छ ।
 यसैगरी, बाबुको श्राद्ध गर्दै गर्दा माओवादीले अपहरण गरी बेपत्ता बनाएका बा“के शमसेरगन्जका एमाले कार्यकर्ता भोजराज ढकाल, सेनाबाट बेपत्ता पारिएका बर्दियाका केशर बस्नेत तथा सुरेश ओली लगायतको घटनालाई प्रतिनिधिमुलक घटनाको रुपमा उठाइएको छ । सशस्त्र द्वन्द्वका क्रममा ६ हजार भन्दा बढीको मृत्यु भएको छ, एक हजार भन्दा बढी बेपत्ता छन् ।
  बेपत्ताका परिवारले कि लास कि त सास देऊ भन्दै राज्यसँग संघर्ष गरिरहेका छन् । त्यो संघर्षलाई डकुमेन्ट्रीमा उतार्ने प्रयत्न गरिएको छ ।  ३९ मिनेटको डकुमेन्ट्रीमा बाँके, बर्दिया, सुर्खेत लगायतका जिल्लामा तत्कालिन राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका परिवारले भोगेका समस्यालाई प्रतिनिधिमुलक घटनाका रुपमा प्रस्तुत गरिएको एड्भाकेसी फोरम बा“केका संयोजक बसन्त गौतमले बताए ।
अन्तिम सन्देशलगत्तै पत्रकर पाण्डेले नै निर्देशन गरेको अर्को बृत्तचित्र ‘मरेर बा“चेकाहरु’ को प्रदर्शन गरिएको थियो । बृत्तचित्रमा द्वन्द्वकालमा माओवादीको घनप्रहारबाट आजीवन शारिरीक अशक्त बनेका बा“के हबल्दारपुरका जगदीश यादव, मानसिक सन्तुलन गुमाएका परदेशी खटिक, माओवादीकै कारण खुट्टा गुमाएका बर्दिया सानोश्रीका अशोक सोडारी, हात गुमाएका बर्दियाकै हेमराज थारु तथा राज्यबाट चरम यातना पाएका बांके कोहलपुरका युवराज गिरी, बेलवासपुरका निजामुद्दिन शेख र बर्दिया भुरीगाउ“का धनीराम चौधरीको पीडालाई बेजोडका साथ पर्दामा उतारिएको छ ।
त्यसैगरी, पञ्चायती व्यवस्थाविरुद्ध आन्दोलन गर्दा तत्कालिन नेताहरुले भोगका समस्याको प्रतिनिधिमुलक घटनाका रुपमा पूर्व गृहमन्त्री भीम रावलको घटनालाई उठान गरिएको छ । रावल लगायतका नेतालाई भैरहवा कारागारमा यातना दिइदा २०३८ सालमा उनको मृत्युको खबर सार्वजनिक भएको थियो ।
हरेकबर्ष मानवअधिकार दिवसका अवसरमा प्रधानमन्त्रीले मानवअधिकारप्रति उच्च सम्मान रहेको भाषण ठोक्छन, तर व्यवहारमा मानवअधिकारको सम्मान र पीडतहरुलाई न्याय दिन दिन पहल भएको अनुभुति हुंदैन ।’–बृत्तचित्र हेरेपछि राष्ट्रिय मानवअधिकार आयोगका मध्यपश्चिमाञ्चल क्षेत्रीय निर्देशक मुरारीप्रसाद खरेलले भने ।
यी दुबै डकुमेन्ट्रीको शनिबार बर्दिया र आइतबार नेपालगन्जमा प्रर्दशन गर्ने कार्यक्रम छ ।

D. Ale

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %