सहमति गर्न नसक्ने दलहरुद्धारा समय थप्न राष्ट्रपतिसंग आग्रह

Read Time:2 Minute, 41 Second

काठमाण्डौ, मंशिर २, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सहित प्रमुख तीन दलले सहमतीय सरकारका लागि पुनः म्याद बढाउन राष्ट्रपतिसंग आग्रह गरेका छन् । राजधानीमा बिहीबार साझ बसेको बैठकले समय सीमाभित्र सहमति जुटाउन नसकिएको भन्दै म्याद बढाउन राष्ट्रपति रामवरण यादवसंग आग्रह गरेको हो ।

प्रमुख राजनीतिक दलबीच आज पनि सहमति हुन नसकेपछि राष्ट्रपतिले दोस्रो पटक दिनुभएको समय ब्यर्थै सकिएको छ । दलहरु आ आफ्नै अडानमा अडिक रहेदा अन्तरिम संविधानको धारा ३८ एक बमोजिम सहमतिय सरकार गठनका लागी भन्दै राष्ट्रपतिले दिनुभएको दोश्रो पटकको समय गुज्रदाँ समेत दलहरु सहमति जुटाउन असफल भएका हुन् ।

समय सिमाको अन्तिम दिन आज मधेशी मोर्चा सहित प्रमुख तीन दल बिच बैठक भएपनि दलहरु सहमति जुटाउन असफल भएका छन् । उनीहरुले समय सीमाभित्र सहमति जुटाउन नसकिएको भन्दै सहमतीय सरकारका लागी पुनः म्याद बढाउन राष्ट्रपति समक्ष आग्रह गर्ने निर्णय गरेको थिए । 

नया बानेश्वरस्थीत सेना समायोजन सचिवालयमा बसेको बैठकमा सत्तारुढ मधेशी मोर्चा र एकीकृत नेकपा माओवादीले विघटित संविधानसभामा बाँकी रहेका विवादीत विषय सहित सम्पूर्ण विषयमा प्याकेजमा सहमति हुनपर्ने अडान राखेका छन् । प्रतिपक्षी दलहरुले भने सरकार गठन गरेर निर्वाचनमा जानुपर्ने र नयाँ जनादेश प्राप्त संविधानसभाबाट सम्पूर्ण विषय टुङ्ग्याउन प्रस्ताव गरेका थिए ।
 
बैठकपछि सत्तारुढ एकीकृत नेकपा माओवादीका प्रवक्ता अग्नि सापकोटाले आफुहरुले प्याकेजमा सहमतिका लागी आग्रह गरेपनि विपक्षी दलहरुले एकहोरो सरकारको मात्र कुरा उठाएकाले सहमति जुट्न नसकेको बताउनुभयो । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले सत्तारुढ दलका नेताहरुले पालै पालो गरेर विघटित संविधानसभाका विषयमा सहमति नजुटे सम्म सरकार नछाड्ने अडान राखेको जानकारी दिनुभयो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %