जलवायु परिवर्तनका नकरात्मक असरलाई कम गर्न सामुदायिक वनहरुको महत्वपुर्ण भूमिका रहने

Read Time:2 Minute, 39 Second

गोविन्द घर्ति देवदह मंसीर २१ । जलवायु परिवर्तनका नकरात्मक असरलाई कम गर्न सामुदायिक वनहरुको महत्वपुर्ण भूमिका रहने सामुदायिक वन उपभोक्ता महासंघ रुपन्देहीका अध्यक्ष दिल्लीराज भण्डारीले बताउनु भएको छ । मिलन सामुदायिक वन उपभोक्ता समुह देवदह÷मक्रहरको तेश्रो साधारण सभामा बोल्दै उहाँले उक्त कुरा बताउनु भएको हो ।  वन ऐन र वन निमावली विपरीत राज्यले सामुदायिक वनलाई अंकुश लगाउने काम गरेकाले सामुदायिक वनले भनेजस्तो काम गर्न नसकेको उहाले बताउनु भयो । राज्यको नीतिको कारण चोरी निकासी बढ्दोअवस्थामा रहेको अध्यक्ष भण्डारीले बताउनु भयो । साधारण सभामा बोल्दै  भलुही रेञ्जपोष्ट कार्यालयका प्रमुख अभिमन्यू केसीले सामुदायिक वनहरुले योजना अनुसार काम गर्नु पर्नेमा जोड दिनु भयो । मिलन सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष तेज बहादुर कुवर क्षेत्रीको अध्यक्षता, नरेन्द्र पुनको संचालनमा भएको कार्यक्रममा देवदह साप्ताहिकका त्रिलोचन दाहाल, वन अतिक्रमण तथा चोरी निकासी नियन्त्रण सञ्जाल देवदहका गोविन्द क्षेत्री, वन डढेलो नियन्त्रण सञ्जालका यमलाल तिवारी, कालिका सामुदायिक वन उपभोक्ता समुहका उमा चौधरी, शिवालय सामुदायिक वनका खेम नारायण अधिकारी, जनप्रिय सामुदायिक वनका विष्णु खत्री, हरीयाली सामुदायिक वनका मुमानन्द ढकाल, प्रगति सामुदायिक वनका पवन पौडेल, बुद्धमावली सामुदायिक वनका टिकाराम भण्डारी, केशवीर दर्लामी लगायतले बोल्दै सामुदायिक वनले वातावरण संरक्षण र गरिवी न्यूनिकरणमा अझमहत्वपुर्ण भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिएका थिए । साधारण सभामा आगामी वर्षको योजना तथा गत आर्थिक वर्ष २०६८/०६९ को ७ लाख ६५ हजार बरावरको आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %