अन्तिम सन्देश र मरेर बाचेकाहरुको कथा

Read Time:4 Minute, 10 Second

अब मध्यमपश्चिममा
नेपालगन्ज २१ मंसिर, ‘अन्तिम सन्देश’ र ‘मरेर बाचेकाहरु’ नामक दुई वटा डकुमेन्ट्रीको प्रदर्शन शुक्रबार भोलिदेखि मध्यपश्चिमाञ्चलमा सुरु हुने भएको छ ।
नेपाल पत्रकार महासंघ, एड्भोकेसी फोरम तथा राष्ट्रिय मानवअधिकार आयोगका शाखा कार्यालयहरुको संयुक्त आयोजनामा मंसिर २२ गते बा“केको होटल सिद्धार्थ भ्यू, २३ गते बर्दिया जिबिस हल र २४ गते सुर्खेतको सनी चलचित्र मन्दिरमा दुइटै डकुमेन्ट्री प्रदर्शन गर्न लागिएको हो । एड्भोकेसी फोरमद्वारा निर्मित दुईटै डकुमेन्ट्रीको निर्देशन संचारकर्मी गणेश पाण्डेले गरेका हुन् ।
३९ मिनेटको अन्तिम सन्देशमा सशस्त्र युद्धका क्रममा आफन्त बेपत्ता बनाइएपछि परिवारले भोगेको आर्थिक, सामाजिक, मानसिक र कानुनी पीडालाई उजागार गर्दै अबको आवश्यकतालाई जोड दिइएको छ ।
  डकुमेन्ट्रीमा सेनाको हिरासतबाट परिवारलाई अन्तिम पत्र लेखेकी सुर्खेत लाटीकोइली गाविसकी दीपा ओलीको मुद्दालाई मुख्य कथाको रुपमा चित्रित गरिएको छ । यसैगरी, बाबुको श्राद्ध गर्दै गर्दा माओवादीले अपहरण गरी बेपत्ता बनाएका बा“के कोहलपुरका एमाले कार्यकर्ता राजेन्द्र ढकाल, सेनाबाट बेपत्ता पारिएका बर्दिया भुरीगाउ“का केशर बस्नेत तथा बर्दिया बनियाभारका सुरेश ओली लगायतको घटनालाई प्रतिनिधिमुलक घटनाको रुपमा उठाइएको छ ।
 सशस्त्र द्वन्द्वका क्रममा ६ हजार भन्दा बढीको मृत्यु भएको छ, एक हजार भन्दा बढी बेपत्ता छन् । बेपत्ताका परिवारले कि लास कि त सास देऊ भन्दै राज्यसँग संघर्ष गरिरहेका छन् । त्यो संघर्षलाई डकुमेन्ट्रीमा उतार्ने प्रयत्न गरिएको छ ।
यसैगरी, ३३ मिनेटको ‘मरेर बा“चेकाहरु’मा यातना पीडितहरुको पीडालाई केन्द्रबिन्दुमा राखिएको छ । डकुमेन्ट्रीमा द्वन्द्वकालमा माओवादीको घनप्रहारबाट आजीवन शारिरीक अशक्त बनेका बा“के हबल्दारपुरका जगदीश यादव, मानसिक सन्तुलन गुमाएका परदेशी खटिक, माओवादीकै कारण खुट्टा गुमाएका बर्दिया सानोश्रीका अशोक सोडारी, हात गुमाएका बर्दियाकै हेमराज थारु तथा राज्यबाट चरम यातना पाएका बांके कोहलपुरका युवराज गिरी, बेलवासपुरका निजामुद्दिन शेख र बर्दिया भुरीगाउ“का धनीराम चौधरीको पीडालाई बेजोडका साथ पर्दामा उतारिएको छ ।
त्यसैगरी, पञ्चायती व्यवस्थाविरुद्ध आन्दोलन गर्दा तत्कालिन नेताहरुले भोगका समस्याको प्रतिनिधिमुलक घटनाका रुपमा पूर्व गृहमन्त्री भीम रावलको घटनालाई उठान गरिएको छ । रावल लगायतका नेतालाई भैरहवा कारागारमा यातना दिइदा २०३८ सालमा उनको मृत्युको खबर सार्वजनिक भएको थियो । भोलि नेपालगन्जमा प्रर्दशन हुने उक्त दुई वटा डुकुमेन्ट्री हेर्नेको लागि सबैलाई आह्वान गरिएको छ । सुरु हुने समय ठिक ११ बजेबाट हुने आयोजकले जनाएको छ ।

D. Ale

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %