बर्दिया, मंशिर २१, आदिवासी जनजाति महांसघका अध्यक्ष राजकुमार लेखीले निर्वाचनको पक्षमा राष्ट्रपति र प्रधानमन्त्री दुबै नभएको आरोप लगाउनुभएको छ । प्रधानमन्त्री र राष्ट्रपति नया निर्वाचनका पक्षमा नरहेकाले देश अनिर्णयको बन्दीमा फसेको लेखीको भनाइ छ । निर्वाचन भएन भने प्रधानमन्त्री डा. बाबुराम भटट्टराई अझै प्रधानमन्त्रीको कुर्सीमा बस्न पाउने र राष्ट्रपति रामवरण यादवको पनि राष्ट्रपतिको पदमा बस्ने समय अझै लम्विने भएकोले दुबै जना निर्वाचनको पक्षमा नभएको लेखीको आरोप छ । आदिवासी जनजाति पत्रकार संघ बर्दियाको सदरमुकाम गुलरियामा बुधबार भएको पत्रकार सम्मेलनमा लेखीले चार राजनीतिक दलका प्रमुख नेताहरुले गरेको निर्णय सर्बसम्मति गरिनु देशको लागि घातक हुने बताउनु भएको छ l
निर्वाचनको पक्षमा राष्ट्रपति र प्रधानमन्त्री नभएको आदिवासी जनजाती महासङ्घका अध्यक्ष लेखीको भनाइ
Read Time:1 Minute, 9 Second
