मदरसा पाठशालामा शिक्षकहरुका लागि बाल मैत्री शिक्षण शिप बिकास तालिम

Read Time:1 Minute, 30 Second

नेपालगन्ज २० मसिंर
मदरसा पाठशालामा शिक्षकहरुका लागि बाल मैत्री शिक्षण शिप बिकास सम्बन्धी तीन दिने तालिम आज सम्पन्न भएको छ ।
 जनजागरण समाज खजुरा बांके द्वारा संचालित बाल मैत्री शिक्षण शिप बिकास तालिममा रनियापुरका चार ओटा मदरसाका करिब डेढ दर्जन शिक्षकहरुको सहभागीता रहेको थियो ।
  तालिममा शिक्षण पाठ योजना, बाल मैत्री शिक्षण बिधी, शैक्षिक समाग्रीको प्रयोग सहित मदरसा पाठशाला तालिका बारेमा प्रशिक्षण दिएको थियो ।  तालिम रनियापुरको मदरसा मदिनतुल उलूममा मंसीर १८ गते बाट संचालन गरिएको तालिममा जिल्ला शिक्षा र्कायालयका श्रोत ब्यक्ति मुनीर खांले प्रशिक्षण दिनु भएको थियो ।
  कार्यक्रममा बोल्दै मदरसा मदिनतुल उलूमका प्र.अ. रसिद अहमद मनिहारले तालिमबाट बाल मैत्री शिक्षण गर्ने सिप सिक्न पाईएकोमा आफु र मदरसाका अन्य शिक्षकहरुले खुशी भएको बताउदै ५ सय ८४ जना बिद्यार्थीका लागि पनि यो तालिमले जागरुक गराउनमा सहयोग पुर्याउने बताउनु भयो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %