नेपालमा भष्टाचार बढ्दो

Read Time:2 Minute, 36 Second

काठमाण्ठौ, मंशिर २०
गतबर्षको तुलनामा यसबर्ष नेपालमा भष्टाचार बढेको एक सर्वेक्षणले देखाएको छ । भष्टाचार विरुद्ध कार्यरत संस्था ट्रन्सफरेन्सी इन्टर नेसललले आज सार्वजानिक गरेको प्रतिवेदनले नेपालमा भष्टाचार बढेको देखिएको हो । १७६ देशमा गरिएको सर्वेक्षणमा नेपाल भष्टाचार हुने देशको १३९ नम्वरमा देखिएको छ । शुसासनका सुचकाङकमा नेपालले एकसयमा २७ अंक पाएको छ ।
डेनमार्क, फिनल्याण्ड, न्युजिल्याण्ड कूल १०० मध्ये ९० अङ्क प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक भएका छन् भने अफगानिस्तान, उत्तर कोरिया, र सोमालिया ८ अङ्क प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकका रुपमा सूचीकृत भएका छन् । दक्षिण एसियाली राष्ट्रहरुमध्ये भुटानमा सबैभन्दा कम र अफगानस्थानमा सबैभन्दा बढि भष्टाचार हुने गरिएको देखिएको छ । सयअंकमा भुटानले ६४, श्रीलङ्काले ४०, भारतले ३६, नेपाल र पाकिस्तानले समान २७, बंगलादेशले २६ र अफगानिस्तानले ८ अङ्क पाएका छन् ।
 विश्व वैंक, वल्र्ड इकोनोमिक फोरम, ग्लोवल जस्टिस प्रोजेक्ट र ग्लोवल इनसाइट समेत गरी ५ वटा संस्थाद्वारा गरिएका सुशासन र भ्रष्टाचारसम्बन्धी सर्वेक्षणका आधारमा नेपालले २७ अङ्क पाएको टीआइ नेपालका अध्यक्ष विष्णुबहादुर केसीले जानकारी दिनुभयो ।
 सरकारको उत्तरदायित्व, सरकारी कर्मचारीहरुको जवाफदेहिता, सार्वजनिक क्षेत्रमा भ्रष्टाचार, भ्रष्टाचारको मात्रा, भ्रष्टाचार विरोधी कारबाही र उपलब्धि, सरकारी कारबाही र नियन्त्रणकारी क्षमता, प्रशासनिक भ्रष्टाचार, राजनैतिक भ्रष्टाचार, सार्वजनिक पदको दुरुपयोग, आयात÷निर्यातमा घुसखोरी, कर, ठेक्का, सेवामा अनियमितता, अदालतको निर्णयमा प्रभावबारे सर्वेक्षण गरिएको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %