हुने हो सर्बोच्चको अबस्था

Read Time:1 Minute, 49 Second

काठमाण्डौ, मंशिर २०

सर्वोच्च अदालतका पाँच जना न्याधिसहरु आजबाट पद मुक्त हुने भएका छन् । संसदीय सुनुवाईको विकल्पमा हिजो सरकारले अध्यादेश जारी नगरेपछि न्यायधिसहरु आजबाट पदमुक्त हुन लागेका हुन ।सर्वोच्चको हाजिरी अनुसार २२ गते देखी कार्यकाल सकिने भएपनि नियुक्तका आधारमा भने पाँचै जनाले आजैबाट विदा लिने भएका छन् ।

अस्थायी न्यायधिस बैद्यनाथ उपाध्याय, तर्कराज भट्ट, ज्ञानेन्द्रबहादुर कार्की, भरतबहादुर कार्की र कमलनारायण दासको दुईबर्षे कार्यकाल पुरा हुन लागेको हो । संसदीय सुनुवाई बाट नियुक्त भएका न्यायधिसहरुको म्याद थप गर्दा फेरी संसदीय सुनुवाई गर्नुपर्ने कानूनी बाध्यता भएपनि अहिले संसद नभएकाले अप्ठेरो परेको छ ।

आज ५ जना न्यायधिस पद मुक्त भएपछि सर्वोच्च अदालतमा अब प्रधानन्याधिस खिलराज रेग्मी सहित ७ जना मात्रै न्याधिस बाँकी छन् । त्यसमा अर्का अस्थायी न्यायधिस प्रकाश अवस्तीको कार्यकाल माघ ८ गते सम्म मात्रै छ । सर्वोच्चमा १५ जना स्थायी र आबश्यकता अनुसार १० जना सम्म न्यायधिस थप्न सकिने भएपनि अब सात जनामात्रै बाँकी हुदा मुद्दाको चाप झनै बढ्ने छ । जसले गर्दा न्याय सम्पादनमा  अप्ठेरो हुने छ ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %