मलेसियामा नेपालीको मृत्यु

Read Time:1 Minute, 16 Second

देब पचभैया

मंशिर १९, रोजगारीको लागि मलेसिया पुगेका पाल्पाली एक युवाको आज विहान सुतेकै अवस्थामा ज्यान गएको छ । पाल्पा जिल्ला हेक्लाङ गाविस वडा न ८ घर भएका अन्दाजी २४ वर्षका हर्ष वहादुर सिजालीको आज विहान सुतैकै अवस्थामा ज्यान गएको उहा संगै काम गर्ने भिम तामाङले जानकारी दिनुभएको छ । छ वर्ष अगाडि सुहास लिकं प्राली ललितपुर मार्फत जौहौरको पेकननासमा रहेको थ्रिकास्ट कम्पनीमा उहाले काम गर्दे आउनुभएको थियो ।

राती सवैसाथीहरुसंग रमाईलौ गर्दै नेपालमा घर परिवारमा समेत उहाले फोन गरेका सिंजाली विहान मृत फेला पर्नु भएको हो । उहाका सहदोर भाई झम वहादुर सिजाली समैत सोही कम्पनी नजिकै कार्यरत रहैका छन । मलेसियामा प्रत्येक हप्ता करीव तीन जनाको यसैगरी सुतैकै अवस्थामा ज्यान जाने गरेको छ ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %