सस्कृती बचाउन सास्कृतिक महोत्सब

Read Time:3 Minute, 0 Second

देब पचभैया पाल्पा, मंसिर १७

झ्यारे, मारुनी र सोरठी नाचको संरक्षण गर्न पाल्पाको कसेनी गाउमा पहिलोपटक लघु सांस्कृतिक महोत्सव हुने भएको छ । पछिल्लो समयमा परम्परागत झ्यारे, मारुनी र सोरठी लोप हुन लागेको भन्दै संरक्षणका लागि आउदो पौष १३ र १४ गते सांकृतिक महोत्सव गर्न लागिएको आयोजकले बताएका छन् ।
सांस्कृति संरक्षण र विकास गर्ने उद्देश्यले पाल्पाको कसेनी, ओलेसमा महोत्सव गर्न लागिएको महोत्सव मूल आयोजक समितिका अध्यक्ष टेकबहादुर आलेले बताउनुभयो । हाम्रा संस्कृति हराउँदै छन् विदेशी संस्कृतिको प्रभाव बढ्दै गएको छ, आलेले भन्नुभयो अब आउने पुर्खाले देखेर सिक्न सकून भनेर महोत्सव गर्न लागिएको हो ।

पहिले जिल्लाको विभिन्न स्थानमा सोरठी, ख्याली, मारुनी, झ्यारे नाच खुबै प्रचलित थियो । गाउँघरमा पहिलेपहिले यस्ता नाँच र गीत गुन्जेपनि अचेल क्रमशः यस्ता परम्पराागत नाँच लोप हुँदै गएका छन् । पश्चिमा संस्कृतिको प्रभाव र प्रविधिको विकासले अचेल गाउँघरमा हिन्दी, अंग्रेजी गीतमा नाच्ने र रमाउने प्रचलन बढेको स्थानीय समाजसेवी कृष्ण रानाले बताउनुभयो । हाम्रो संस्कृति र परम्पराले मात्र हामी को हौँ भन्ने पहिचान दिन सक्छ रानाले भन्नुभयो यसको संरक्षण गर्नु आवश्यक देखेर महोत्सव गर्न लागेका छौँ ।
 महोत्सव मूल आयोजक समितिका अनुसार यस भेगका दुई दर्जन गाउँमा नाचिने परम्परागत नाच महोत्सवका अवसरमा प्रदर्शन गरिनेछ । यसैगरि महोत्सवमा मगर समुदायमा प्रचलित झ्यारे, मारुनी नाचको असली पहिरन र भेषभूषासहित प्रदर्शन गरिने स्थानीय मनबहादुर चिदीले बताउनुभयो ।
 महोत्सव सफल बनाउन विभिन्न समिति र उपसमिति निर्माण गरिएको छ । साथै प्रचाप्रसार र नृत्य र गीतका लागि तीब्र तयारी भईरहेको मूल आयोजक समितिका अध्यक्ष आलेले जानकारी दिनुभयो । महोत्सवले धेरै वर्षदेखि आफ्नो परम्परागत नाँच र गीत हेर्न नपाएकालाई हेर्ने अवसर मिल्नेछ भने आफ्ना संस्कृति बचाउन पे्ररित गर्ने आयोजकको विस्वास छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %