गोविन्द घर्ति रुपन्देही
राज्यले अवसरबाट बन्चित गराउँदा आदिवासी जनजाति समुदाय पछि परेको नेपाल मगर संघ रुपन्देहीका अध्यक्ष दल बहादुर विरकट्टाले बताउनु भएको छ । नेपाल मगर संघ देवदह गाउँ समितिको भवन सिलायन्स कार्यक्रममा बोल्दै उहाँले उक्त कुरा बताउनु भएको हो । विरकट्टाले राज्यले विभिन्न जातजातीको भाषा, संस्कार र संस्कृतिलाई संरक्षण र सम्वद्र्धन गर्न कुनै पनि कार्ययोजना ल्याउन नसकेको आरोप लगाउनु भयो । अध्यक्ष विरकट्टाले भाषा, संस्कार र संस्कृति विना कुनै पनि जातजातीको पहिचान हुन नसक्ने बताउदै भाषा, संस्कार र संस्कृतिको संरक्षण र सम्वद्र्धनमा लाग्नु पर्नेमा जोड दिनु भयो । नेपाल मगर संघ देवदह गाउँ समितिका अध्यक्ष लाल बहादुर दर्लामीको अध्यक्षता र दल बहादुर पाईजाको संचालनमा भएको कार्यक्रममा एकिकृत नेकपा माओवादीका केशव पुन, नेपाली काग्रेस देवदहका सभापति दुर्गा बहादुर राना, नेकपा एमाले देवदहका सचिव डि बी मोक्तान, नेकपा माओवादीका चिरन पुन, देवदह गाविस सचिव बब्रु वहान सापकोटा लगायतले बोल्दै आगामी दिनहरुमा सहयोग गर्ने बचन बद्धता व्यक्त गर्नु भयो । नेपाल मगर संघका पुर्व केन्द्रीय सदस्य तथा बरिष्ठ समाजसेवी गौराज पुनमगरले भवनको सिलायन्स गर्नु भएको थियो । उक्त भवन करिव ३० लाखको लागतमा निर्माण गर्न गईरहेको संघका अध्यक्ष लाल बहादुर दर्लामीले बताउनु भयो
