रेडियो खोल : पत्रकार महासंघ पाल्पा

Read Time:2 Minute, 12 Second

पाल्पा, मंशिर १७, पाल्पाबाट संचालित रेडियो पस्चिमाञ्चलको प्रसारण सेबा बन्द भएको प्रति पत्रकार महासघं पाल्पाले आफ्नो ध्यान आकर्षण भएको जनाएको छ । विगत आठ वर्षदेखि पाल्पाको कैलाशनगरबाट संचालित रेडियो पश्चिमाञ्चलको  मंसिर १३ गते साँझदेखि प्रशारण सेवा बन्द भएको हो ।

महासंघ द्धारा जारि गरिएको बिज्ञप्तीमा भनिएको छ , नागरिकले सूचना पाउने हकमा जनताको साझा सम्पत्तिका रूपमा रहेको रेडियो जस्तो नियमित प्रशारण संस्था एकाएक बन्द हुनु र प्रहरी सुरक्षामा रहनु ज्यादै दुखदायी घटना हो । यो या त्यो कारणले प्रशारण संस्था बन्द गर्ने कार्यप्रति महासंघ खेद प्रकट गर्दछ विज्ञप्तीमा भनिएको छ । संचार संस्था अबिलम्ब संचालनमा ल्याउने वातावरण मिलाउन सम्बन्धित पक्षलाई महासघंले आग्रह समेत गरेको छ ।

माओबादी शान्ती प्रकृयामा आएदेखि पार्टीको तर्फ बाट संचालन गर्दे आएको रेडियो पश्चिमाञ्चल पार्टी बिभाजन भए संग रेडियोलाई दुबै पक्षले आ आफ्नो दाबी गर्दे आएका छन् । बिबादकै कारण पटक पटक बन्द हुदै आएको एफ,एममा पछिल्लो समय कर्मचारी बिचमै झडपको अबस्था आएपछि प्रहरीले नै एफ,एममा साचो लगाएर अहिले सुरक्षा दिईरहेको छ । दुबै पक्षबिच सहमति नभएसम्म प्रहरीले साचो नखोल्ने र शुरक्षा पनि दिईरहने जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख स्थानेश्वर रेग्मीले जानकारी दिनुभएको छ । तर सहमतिको लागी कुनै पनि बार्ता र छलफलको लागी पहल नभएको दुबै पार्टीका जिल्ला नेताहरुले बताएका छन् ।

D. Pachabhaiya

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %