बुटवल, १७ मंसीर, शिक्षा मन्त्री दिनानाथ शर्माले शिक्षक सेवा आयोग खोलिने बताएका छन् । विद्यालय तहको शिक्षा सुधार गर्नका लागि पनि शिक्षक आयोग खोलिनुपर्ने मन्त्री शर्माले बताए । उनले शिक्षक सेवा आयोगलाई बलियो बनाई समयमै आयोग खोल्ने कानूनी व्यवस्था गर्न लागिएको जानकारी दिए । शिक्षा पत्रकार समुह, लुम्बिनीले बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री शर्माले भने– ०५२ सालदेखि आयोग खुलेको छैन् सरकार शिक्षक सेवा आयोगलाई बलियो बनाई आयोग खोल्ने अन्तिम तयारीमा लागेको छ । अर्थ मन्त्रालय सकारात्मक भएको हुँदा आयोग खुल्ने संभावना बढेको र त्यसका लागि कानूनी प्रक्रिया शुरु गरिसकिएको उनले बताए । लामो समयसम्म शिक्षक आयोग नखुल्दा शैक्षिक यूवा शक्ति शिक्षक हुनबाट बन्चित भएको हुदा पनि शिक्षक आयोग खोलिन जरुरी भएको उनको तर्क छ । आयोगबाट करिब २० हजार शिक्षित यूवालाई शिक्षक पेशामा प्रवेश गराउन सकिने
उल्लेख गर्दै शिक्षामा आई सि टी को प्रयोगका लागि पनि नयाँ पुस्ताका यूवालाई शिक्षक पेशामा भित्रयाउन जरुरी भएको बताए । उनले सामुदायिक
विद्यालयमा थरि थरिका शिक्षक रहेको उल्लेख गर्दै सरकार अब एकै प्रकारको शिक्षक हुनपर्छ भन्ने मान्यताका साथ देशभरका शिक्षकलाई एउटै प्रकारमा ढाल्न लागेका बताए ।
शिक्षा मन्त्री शर्माले सरकारी स्थायी शिक्षकको शैक्षिक क्रियाकलापप्रति असुष्टी व्यक्त गरे । सरकारी शिक्षकले आफू नीजि विद्यालयमा छोराछोरी पठाई हाई काढ्दै बस्ने गरेका छन शिक्षा मन्त्री शर्माले भने अब सरकारी शिक्षकले सरकारी विद्यालयमै छोराछोरी पढाउने शिक्षा मन्त्रालयले निर्देशन गरिसकेको छ अब यसलाई कडाईका साथ कार्यान्वयनमा जान्छौ । शिक्षा मन्त्री शर्माले सरकारले देशभर रहेका ४० लाख निरक्षरलाई तीन बर्ष भित्रमा साक्षर गर्ने अभियान ल्याएको र यसको शुरुवाद सरकारी कर्मचारीको घरपरिवारबाट शुरु गरिने बताए । शुरुको बर्ष सरकारी कर्मचारीले परिवार भित्रका सदस्यलाई
साक्षर नबनाए नियमित हुने कर्मचारीको कार्य सम्पादन मूल्याकंन भर्नबाट बन्चित गरिने बताए । शिक्षक लगायत सरकारी कर्मचारीले घरपरिवार भित्रकालाई साक्षर बनाउनु अनिवार्य छ मन्त्री शर्माले भने यो बाध्यकारी नियमले पक्कै पनि साक्षर अभियानलाई सहयोग गर्नेछ । उनले अब निरक्षर रहिरहने व्यक्तिलाई राज्यले दिने सेवा सुबिधा लिनबाट बन्चित गर्ने नीति ल्याइने उनले बताए । विद्यालय तहका पुस्तकमा भएको लापरर्बाहीलाई रोक्न समिति बनाई सरकार पुस्तक नीतिको निर्माणमा लागेको जानकारी दिए । गेस पेपर र परिक्षाजन्य सामग्रीलाई रोक्ने काम नीतिगत रुपमै गरिन लागेको जानकारी दिए । त्यस्ता सामग्रीको छपाई र बिक्री वितरण पुस्तक व्यवशायीहरुको पनि सहयोग आवश्यक छ मन्त्री शर्माले भने पुस्तक पढेर पास हुने संस्कारको विकासका लागि पनि गेस पेपर जन्य सामग्री रोक्न जरुरी छ । हामीले पुस्तक पढ्ने र लेख्नेलाई प्रेरित गर्नुपर्छ मन्त्री शर्माले भने ।
