बुटवल, १५ मंसिर, नेपाली कांग्रेसका केन्द्रीय सदस्य वालकृष्ण खाँणले प्रधानमन्त्री बाबुराम भट्टराईको राजनीतिक यात्रा सकिएको बताउनु भएको छ । आफ्नै अभिव्यक्तिका कारण प्रधामन्त्री भट्टराईलाई निभ्नेवेलाको बत्तिको शंज्ञा दिँदै निभ्ने बेलामा चर्काे आवाज गरेको औंल्याउनु भयो । उहाँको आक्रोसलाई आफ्नै पार्टी एकिकृत नेकपा माओवादीले समेत स्वीकार्न नसकेको उहाँको दावी छ । “राष्ट्रपतिको आव्हानलाई असंबैधानिक भन्नु प्रधानमन्त्री भट्टराईको बच्पन हो ।” उहाँले भन्नुभयो–“यसले उहाँको राजनीति सिद्धिएको छ भन्ने कुरा बुझ्नुपर्छ हामीले ।” राष्ट्रपतिको आव्हानलाई एकिकृत माओवादीले सहज रुपमा लिँदा समेत प्रधामन्त्रीले स्वीकार गर्न नसक्नु प्रधानमन्त्रीले स्वीकार्न नसकेकै कारण उहाँको आक्रोशलाई पनि आफ्नै पार्टी स्वीकार गर्न नसकेको पनि जिकीर गर्नुभयो । बुटवल ९ दीपनगर स्थीत बिपी बाटिका भवनको उद्घाटन गर्दै पूर्व मन्त्री समेत रहेका खाणँले संबिधान सभाले अरु केही काम नगरेपनि राजसंस्थाको अन्त्य र माओवादीले उठाएको हतियार व्यबस्थापन गर्ने २ वटा महत्वपूर्ण काम गरेकाले त्यसलाई संस्थागत गर्नका लागि पनि अव कांग्रेसको नेतृत्वमा सरकार आउनु पर्ने अडान राख्नुभयो । मुलुकमा प्रमुख रुपमा राजा, कांग्रेस र कम्यूनिष्ट ३ वटा शक्ति हावि भएको अवस्थामा कहि नभएको कम्यूनिष्ट र राजाले समेत कांग्रेससंग प्रतिस्पर्धा गरेकै कारण कांग्रेसले राजा बोक्न र त्यहि कारण संबिधान सभाबाट राजा र राजसंस्थाको अन्त्य हुन सम्भव रहेको पनि उहाँले स्मरण गर्नुभयो । संबिधान सभाबाट अत्य गरेको राजा र राजसंस्थालाई फेरी फर्किन नदिनकालागि अवको सरकारको कांग्रेसले नै गर्नु पर्ने र अहिले वातावरण पनि बन्दै गएको उहाँले जोड दिनुभयो । उहाँले कांग्रेसको नेतृत्वमा सरकार बन्ने निश्चित भयो भने सहमतीय सरकार निर्माणका लागि कुनै बिमत्ति नभएको पनि प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो–“राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि
कांग्रेस एक छ ।” त्यस्तै नेपाली कांग्रेसका अर्का केन्द्रीय सदस्य बाबुराम रानाले माओवादी कै कारण संबिधान सभाले संबिधान बनाउन नसकेको जिकीर गर्दै उसको नेतृत्वमा रहेको सरकारलाई आन्दोलनबाटै ढलाउनु पर्ने बिचार व्यक्त गर्नुभयो । उहाँले प्रधानमन्त्री भट्टराईले त्यसै राजिनामा गर्ने अवस्था नदेखिएको अवस्थामा पनि विपक्षि गठबन्धनले आफ्नो आन्दोलनलाई बिसाएकोमा दुःख व्यक्त गर्दै आन्दोलन रोक्न नहुने बताउनु भयो । उहाँले आन्दोलनमा आउन कार्यकर्तालाई आग्रह समेत गर्नुभयो ।
