१५ मंसिर, नेकपा माओवादीका सचिब देब गुरुंगले एउटा दलाललाई सरकारबाट हटाएर अर्को दलाललाई सरकारको नेतृत्व सुम्पन आफ्नो पार्टी तयार नभएको बताउनुभएको छ । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा.बाबुराम भटटराई नेतृत्वको सरकार राष्ट्रघाती जनघाती रहेको चर्चा गर्दै नेता गुरुंगले आफ्नो पार्टी बाहेक अरु कुनै पार्टीको नेतृत्वमा सरकार बने आफुहरुले स्बिकार नगर्ने बताउनुभयो ।अखिल क्रान्तिकारी केन्द्रीय समितिको चितवनमा आयोजित पुर्ण बैठक तथा प्रशिक्षण कार्यक्रममा बोल्दै राष्ट्रिय स्बाधीनताको पक्षमा रहेको आफनो पार्टीका महासचिव रामबहादुर थापा बादलको नेतृत्वमा सरकार बने राष्ट्रियताको सुरक्षा हुने जिकिर गर्नुभयो ।काग्रेस एमाले लगायतका संसदबादी पार्टीहरुले बर्तमान सरकारको क्रियाकलापलाई राष्ट्रघाती नभनेको टिप्पणी गर्दै उहाले अर्को दलाल लाई सरकारको नेतृत्व दिन आफुहरु कुनै पनि हालतमा तयार नहुने दावी गर्नुभयो ।बाबुरामले बिप्पा, अपर कर्णाली लगायत सम्झौतामा जनघात राष्ट्रघात गरेका छन् –उहाले भन्नुभयो –तर काग्रेस एमाले त्यसलाई राष्ट्रघात भन्न तयार छैनन । बर्तमान सरकार तानाशाही रहेको भन्दै माओवादी नेता गुरुंगले बजेट अध्यादेश स्विकृत गरेर राष्ट्रपतिले बेइमानी गरेको बताउनुभयो । पहिला बजेट अध्यादेश स्विकृत गरेर राष्ट्रपतिले बेइमानी गर्नुभएको छ –उहाले भन्नुभयो – त्यसपछि सहमतिको सरकार बनाउने मिति तोकेर गल्ती गर्नुभयो ।
राष्ट्रिय स्बाधीनताको पक्षमा युवा तथा बिद्यार्थीहरु रहेको इतिहास केलाउदै नेता गुरुंगले जनताप्रति गद्धारी गर्नेहरुलाई इतिहासले सजाय दिने स्पष्ट पार्नुभयो ।
प्रशिक्षणमा बोल्दै माओवादी नेतृ जयपुरी घर्तीले एकीकृत माओवादीको आत्मसमपर्णबादी चिन्तनका कारणल सर्बहाराबर्गप्रति घात भएको बताउनुभयो ।बर्गीय मुक्ति पघि मात्र जातीय क्षेत्रीय तथा लैगिंक मुक्ति सम्भव हुने बताउनुभयो ।
प्रशिक्षण अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष शरद रसाइलीको अध्यक्षता भएको थियो ।
