दीपा आले
बाग्लुङ, १५ मंसिर, “सम्पूर्ण मगर विद्यार्थीहरु एक हौ” भन्ने मूलनारा सहित नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समितिको तेस्रो पूर्ण बैठक आजबाट बाग्लुङ जिल्लामा भईरहेको छ ।
नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समितिको आयोजनामा भएको उक्त तेस्रो पूर्ण बैठकको उद्घाटन सत्रमा बोल्दै नेपाल लांगाली मगर संघ केन्द्रिय समितिका संस्थापक महासचिव केवि रानामगरले राज्यदेखि पछाडि पारिएका जाती, वर्ग, समुदायको हित हुने खालको नीति बनाउनु पर्ने धारणा राख्नु भयो ।
महासचिव रानामगरले आजको बैज्ञानिक युगमा आईसक्दा समेत मगर समुदाय लगायत पछाडि परेका जातजातिहरुको राजनीतिक क्षेत्रमा पहुंच हुन नसक्दा देशले निकास पाउन नसकेको गुनासो गर्नु भयो ।
उहांले राज्यको हरेक निकायमा पछाडि परेका वर्ग जाती र क्षेत्रलाई समेटिने खालको नीति बनाउन सके मात्र देशले निकास पाउने बताउदै पछाडि परेका जाती, वर्ग र क्षेत्रले समेत राजनीतिकमा चांसो राख्नु तथा संगठीत भएर अघि बढ्नुपर्ने उल्लेख गर्नु भयो ।
उद्घाटन सत्रमा नेपाल मगर संघ बाग्लुङका पूर्व एससवी तथा समाजेवी साहित्यकार नरु थापामगर, नेपाल मगर संघका सदस्य तेजेन्द्र थापामगर, नेकपा माओवादी बाग्लुङका सह इन्र्चाज चन्द्र बहादुर थापामगर सागर, नेपाल मगर महिला संघ निःवतमान अध्यक्ष सुन माया थापामगर लगायतले मगर विद्यार्थीको शैक्षिक, राजनैतिक, सांस्कृतिक र भाषिक पक्षका विषयमा आ आफ्ना धारणा राखेका थिए ।
नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समितिका अध्यक्ष रेणुका काउचा मगरको अध्यक्षतामा सुरु भएको तेस्रो पूर्ण वैठकमा कार्यक्रमको उद्देश्यमाथि प्रकाश समितिका वरिष्ठ उपाध्यक्ष दिपु श्रीषमगरले गर्नु भएको थियो । भने कार्यक्रमको सहजीकरण समितिका महासचिव बलविर बुढामगरले गर्नु भएको थियो ।
दुई दिन सम्म चल्ने उक्त तेस्रो पूर्ण बैठकमा देश भरिका मगर विद्यार्थीका केन्द्रिय प्रतिनिधिहरुको सहभागी रहेको छ । बैठकमा मगर विद्यार्थीको शैक्षिक, आर्थिक, सांस्कृतिक, कार्यदिशा, रणनीतिका बारे छलफल हुनुका साथै आगामी हुने राष्ट्रीय विस्तारीत बैठकको बारेमा समेत तेस्रो पूर्ण बैठकले पारित गरिने समितिका अध्यक्ष रेणुका काउचामगरले जानकारी दिनु भयो ।
