पाल्पाको रेडियो पश्चिमाञ्चलमा ताला लगाइयो
एफ,एम रेडियो लाई प्रहरीको सुरक्षा
देब पचभैया पाल्पा, मंशिर १४
पाल्पाको रेडियो पश्चिमाञ्चलको प्रसारण सेवा हिजोदेखि बन्द भएको छ ।
एकीकृत नेकपा माओवादी र नेकपा माओवादीबीच विवाद चर्किएका कारण
प्रहरीले ताला लगाइदिएपछि रेडियोको प्रशारण सेवा बन्द भएको हो । रेडियो को बिषयलाई लिएर रेडियोका कर्मचारी र पार्टीका कार्यकताहरु बिच झडपको अबस्था आएपछि प्रहरीले हिजो देखिनै एफ,एममा ताला लगाएर सुरक्षा दिईरहेको छ ।
पार्टी शान्ती प्रकृयामा आएदेखि तत्कालिन नेकपा माओबादीले संचालन गर्दे आएको रेडियो पछिल्लो समयमा नेकपा माओवादी निकटका रेडियोकर्मीहरुले मात्र सञ्चालन गर्दै आएका थिए । रेडियोमा एकीकृत नेकपा माओवादीले आफ्ना मातहतका रेडियोकर्मीहरुलाई पनि काम गर्ने निर्देशन दिएपछि विवाद भएको हो । पार्टी विभाजन भएपछि दुबै पक्षले रेडियोलाई आ– आफ्नो दावी गर्दै आएका थिए । पटक पटक सहमतिमा जिल्लामा रहेको रेडियोसहित सम्पत्तिको टुङ्ग लगाउने दुई पक्षबीच पहल भएपनि त्यो असफल भएपछि फेरी दुवै पक्षबीच विवाद भएको हो । दुवै पक्षले रेडियोलाई आफ्नै मातहतमा ल्याउन खोज्दा झडपको सम्भावना देखेर ताला लगाएर सुरक्षा दिनुपरेको पाल्पाका प्रहरी नायव उपरीक्षक स्थानेस्वर रेग्मीले बताउनुभयो ।
दुबै पक्ष मिलेर सहमतिमा आए एफ,एमको ताला खोलिने नत्र प्रशासनको रोहबरमा बार्ता भएपछि मात्रै प्रहरीले दिईरहेको सुरक्षा हटाउने उहाले बताउनु भएको छ । विवाद नमिल्दासम्म रेडियो प्रहरीको नियन्त्रणमा रहने प्रहरीले बताएको छ ।
एकीकृत नेकपा माओवादी पाल्पा इन्चार्ज वसन्त शर्मा कुशलले सहमति अनुसार नै आफूले आफ्ना पक्षका रेडियोकर्मीलाई रेडियोमा जान निर्देशन दिएको बताउनुभएको छ । तर नेकपा माओवादीका इन्चार्ज वसन्त घर्तिमगरले भने पटक पटक भएको सहमति एनेकपा माओवादीले उल्लंघन गर्दै आएको र एक्कासी सहमति विपरीत रेडियो कव्जा गर्ने शैलीमा आएकोले आफूहरु प्रतिवादको रुपमा उत्रन वाध्य भएको बताउनुभयो ।
आपसी सहमतिम रेडियो लाई संचालन गर्ने बताएपनि बिबादका बिषयमा सहमति खोज्न आज पनि कुनै छलफल नभएको दुबै पक्षले जानकारी दिएका छन् ।
