मूलुकको राजनैतिक निकासका लागि नेतृत्व लिन तयार

Read Time:2 Minute, 1 Second

मूलुकको राजनैतिक निकासका लागि राष्ट्रिय जनमुक्ति पार्टीले नेतृत्व लिन तयार रहेको बताएको छ । यही मिति २०६९ मंसिर १२ र १३ गते पार्टी स्थायी समितिको बैठक बसी यस्तो निर्णय गरेको हो ।
पार्टीका प्रचार विभाग प्रमुख टोप अस्लामीद्वारा एक प्रेष नोट जारी गरी राष्ट्रिय सहमतिको सरकारको नेतृत्व सम्भव भए सम्म ठूलो दलको नाताले एनेकपा माओवादीले गर्नुपर्ने त्यसो हुन नसकेमा राष्ट्रिय जनमुक्ति पार्टीले राष्ट्रिय सहमतिको  सरकारको लागि पार्टी अध्यक्ष एवं पूर्व मन्त्री श्री एम।एस।थापालाई प्रधानमन्त्रीको रुपमा प्रस्ताव गर्ने बैठकको निर्णय भएको पनि बताउनु भएको छ । यसमा सबै राजनीति दलहरुलाई सहमतिका लागि आव्हान गरिने जारी प्रेष नोटमा जनाईएको छ ।
पूर्व मन्त्री श्री एम।एस।थापाले राष्ट्रिय सरकारको नेतृत्व प्राप्त गरेको खण्डमा विगत दुई दशकदेखि राज्य पुनःसंरचना सहित मूलुकको आमूल परिवर्तनको लागि शान्तिपूर्ण रुपमा निरन्तर आन्दोलित रहदै आएको, मूलुकमा ठूलो जनसंख्या ओगटेको आदिवासी जनजातिहरु लगायत उत्पीडित जातजाति र समुदायहरुको प्रतिनिधित्व हुने, त्यसका साथै साना दलहरु मध्ये राज्य सन्चालनमा अनुभव प्राप्त व्यक्तित्व मूलुकले नेतृत्वको रुपमा पाउने दावी राष्ट्रिय जनमुक्ति पार्टीको रहेको छ ।
टोप अस्लामी
  

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %