काग्रेसलाई सहयोग गर्न सभापतिद्धारा माओबादीसंग आग्रह

Read Time:1 Minute, 25 Second

काठमाण्डौ , मंशिर १३, सहमतीय सरकार गठन गर्न राष्ट्रपतिले दिनुभएको समयसिमा सकिन लाग्दा नेपाली काग्रेसले आफ्नो नेतृत्वमा सरकार गठनका लागी सहयोग गर्न एकीकृत माओबादीसंग औपचारीक प्रस्ताब राखेको छ । राष्ट्रपतिको आह्वानको चार दिन बितिसक्दा पनि दलहरुबिच सहमतिय सरकार गठनका बिषयमा कुनै सहमति हुन नसकेका बेला मंगलबार काग्रेस सभापति शुसिल कोईराला एकीकृत माओबादी अध्यक्ष प्रचण्ड निबास पुग्नुभई  काग्रेसलाई सहयोग गर्न प्रस्ताव राख्नुभएको हो ।

जवाफमा प्रचण्डले कोईरालाको प्रस्तावलाई सकारात्मक रुपमा लिदै पार्टी भित्र छलफल गरेर मात्र निर्णय लिने बताउनुभएको थियो । छलफल पछि कोईरालाले आफ्नो प्रस्तावमा एकीकृत माओबादी सकारात्मक भएको जानकारी दिनुभयो । संबिधानसभाको बिघटन भएको लामो समयबित्दा समेत मुलुकमा जारी गत्यारोध अन्त्य नभएपछि मंसिर ८ गते सहमतीय सरकार बनाउन राष्टपतिले आह्वान गर्नुभएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %