बाबुराम नै ठिक : माओबादी

Read Time:1 Minute, 20 Second

काठमाण्डौ,मंशिर १३

एकीकृत नेकपा माओबादीले पार्टी नेता बाबुराम भट्टराईको नेतृत्बमा नै सहमतिय सरकार गठनका लागी पहल गर्ने निर्णय गरेको छ ।  बैठकले सहमतिय सरकारको नेतृत्ब कांग्रेस एमालेलाई दिन नसक्ने ठहर गर्दै भट्टराई कै नेतृत्बमा सहमतिय सरकार गठनका लागी पहल गर्ने निर्णय गरेको हो ।

माओवादीले भट्टराईको नेतृत्वमा राष्ट्रिय सहमति नजुटे गठवन्धनभित्रको नेतृत्व खुला राख्ने निर्णय समेत  गरेको छ । प्रचण्ड निवास लाजिम्पाटमा आज बसेको पार्टी पदाधिकारी सहित व्युरो इन्चार्जहरुको बैठकले सहमतीय सरकारको प्रधानमन्त्रीका लागी भट्टराईलाई पहिलो प्राथमिकतामा राखेको एकीकृत माओवादीले पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ तथा गठवन्धनबाट विजयकुमार गच्छदार र महन्थ ठाकुरलाई विकल्पका रुपमा अगाडि सार्ने निर्णय समेत प्रबक्ता अग्नी सापकोटाले जानकारी दिनुभयो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %