राष्ट्रपतिको पछिल्लो कदम बिरुद्ध सरकारी काम नाजायज : एमाले

Read Time:1 Minute, 19 Second

काठमाण्डौ, मंशिर १३, नेकपा एमालेले राष्ट्रपतिको पछिल्लो कदम बिरुद्ध सरकारले गरेको निर्णय असंबैधानिक भएको ठहर गरेको छ । पार्टी मुख्यालय बल्खुमा मंगलबार बसेको एमाले पोलिट्ब्युरो बैठकले अन्तरिम संबिधानलाई प्रयोग गर्दै राष्ट्रपतिले गर्नुभएको आह्वानलाई संबैधानिक भन्दै त्यस बिपरित मन्त्रीपरिषदले पारित गरेको ८ बुदे निर्णय असंबैधानिक भएको ठहर गरेको हो ।

एमालेले  मुलुकमा जारी गत्यारोध अन्त्यका लागी सहमतिय सरकार अनिबार्य भएको भन्दै  निकासको बाटो पहील्याउन हदैसम्मको लचकता अपनाउने निर्णय समेत गरेको नेता रघुजी पन्तले जानकारी दिनुभयो ।
बैठकमा समसामायिक राजनितीक बिषय , बिधान संसोधन तथा  केन्द्रिय समिती बैठकको एजेण्डाका बिषयमा सदस्यहरुले धारणा राखेका थिए । एमालेले बिधान संसोधनका लागी संसोधन समितिको बैठक समेत बोलाउने भएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %