निर्माण ब्यबशायीको कुरा

Read Time:2 Minute, 3 Second

बुटवल, मंशिर १३

पन्ध्र बुदे घोषणा पत्र जारी गर्दै सोमबार  देखि भैरहवामा सुरु भएको नेपाल निर्माण ब्यबसायी महासंघको १५ औं साधारण सभा तथा राष्ट्रीय सम्मेलन मंगलबार सम्पन्न भएको छ । सम्मेलनले नेपाल निमार्ण ब्यबसायी महासघंले बिगतमा सरकार सगं गरेका सहमती कार्यानवयनकालागीे दवाव दिने जनाएको छ ।

सरकार र नेपाल निमर्ण ब्यबसायी महासघं बिच ६६ मसिंर ४ मा ४५ बुदे सहमती भएको थियो । तर मुख्य मागहरु मध्ये केही सरकारले अहीलेसम्म पुरा नगरेको भन्दै कार्यान्वयमा ल्याउन ब्यबसायीहरुले जोडदार माग गरेका छन् । महासघंका उपाध्यक्ष केसव प्रसाद गौतमको सायोजकत्वमा अधीकार सम्मपन्न समीती समेत गठन गरेका छन् । जसमा १४ अञ्चलकै ब्यबसायीहरुको प्रतिनीधीत्व हुने जनाईएको छ । समीतीले पहीला सहमती कार्यान्वयकालागी सरकारसगं पहल गर्ने छ, नभएमा आन्दोलनसम्मका कार्यक्रम गर्ने छ, महासघंका अध्यक्ष जयराम लामीछानेले भने । उनका अनुसार सरकारले ४५ बुदा मध्ये दुई बुदा कार्यानवयनमा चासो दिएको छैन ।

महासघंले दुई करोडसम्मको ठेक्का ईजाजतको आधारमा पाउनु पर्ने र ६ करोडका ठेक्कालाई सिमीलर प्रकृतीको ९ करोडको काम माग्ने ब्यबस्था हटाउन माग गरेका छन् । त्यस्तै महासघंको १५ औ साधारण सभाले अत्यधुनीक एफक्यान टावर बनाउने निर्णय समेत गरेको नेपाल निमार्ण ब्यबसायी साखा कार्यालय बुटवलका सल्लाहकार गणेस सर्माले जानकारी दिए ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %