महङ्गो भएपनि माग अनुसार सुन पाइदैन

Read Time:1 Minute, 1 Second

काठमाडौ, मंसिर १२, सुनको भाउ मंहगो भएपछि यसको कारोबार घट्दै गएको छ । भाउ बढेसंगै माग अनुसार सुन पनि नपाइएपछि धेरैले गहना बनाउन अर्डर दिन नै छाडेको व्यवसायीहरुले बताएका छन् ।
व्यवसायीहरुका अनुसार अहिले विवाहको सिजन भएकाले धेरै ग्राहकले अडर दिन भन्दा पनि तयारी गरगहनामा रुची देखाउन थालेका छन् ।
आइतबार अहिलेसम्मकै उच्च विन्दुमा पुगेको सुनको भाउ त्यस यता भने घटबढ भएको छैन । मंगलबार पनि सुन तोलामा ६१ हजार ८ सय ५० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसाय संघले जनाएको छ ।
यस्तै चाँदी पनि दुई दिन यता एउटै भाउमा कारोबार भईरहेको छ । चाँदी तोलामा १२ सय २५ रुपैँयाका किनबेच भईरहेको छ ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %