त्रिभुवन अर्न्तराष्ट्रिय बिमानस्थलले आजदेखि सर्वसाधारणले विमानस्थल हेर्न पाउने

Read Time:1 Minute, 3 Second

त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलले आजदेखि सर्वसाधारणले विमानस्थल हेर्न पाउने व्यवस्था गर्दैछ । विमानस्थल भित्रैबाट विमानस्थल अवलोकन गर्न पाईने भिजिटर्स डेस्क स्थापना भएपछि आजबाट सर्वसाधारणका लागि खुल्ला गर्न लागिएको हो ।

यस अघि यात्रुबाहेका सर्वसाधारण नागरिकलाई मुल गेटबाट भित्र छिर्न दिईदैनथ्यो । सुरक्षाको कारण भन्दै यस अघि सर्वसाधारणलाई विमानस्थल अवलोकन गर्न नदिईए पनि आजबाट नयाँ व्यवस्था गरिएको हो । नेपालको राष्ट्रिय ध्वजाबाहक बिमान सहित नेपालका निजी बिमान कम्पनी र २८ अन्तराष्ट्रिय बिमान कम्पनीले त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट उडान गर्दै आएका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %