दिपा आले, नेपालगन्ज मंसिर १० गते
“सबै समुदायको साझा धारणा, दिगो शान्ति र मेलमिलाप सबैको चाहना” भन्ने नाराका साथ एक दिने द्धन्द्ध तथा शान्ति विषयक जिल्ला स्तरिय छलफल कार्यक्रम नेपालगन्जमा सम्पन्न भएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद बाँकेको आयोजनामा भएको कार्यक्रममा सहभागी वक्ताहरुले देशमा अझै शान्ति स्थापना नभएको हुँदा दिगो शान्ति र सदभावका लागि निरन्तर लाग्नु पर्नेमा जोड दिए ।
आदिवासी जनजातिहरु अधिकार र पहुँचका हिसाले अझै पनि पछाडी रहेको निश्कर्ष निकाल्दै सहभागी वक्ताहरुले अन्य नागरिकका हैसियतले झै आदिवासी जनजातिहरुले पनि समान अवसर पाउनुपर्नेमा जोड थियो ।
आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठान संबादद्धारा शान्तिका लागि सहकार्य परियोजनाका कार्यक्रम संयोजक खेम बहादुर थापाले आदिवासी जनजातिहरुको समस्या अझै पनि समाधान नभएको हुँदा स्थानीय अवस्थामा आदिवासी जनजातिहरु द्धन्द्धबाट कति प्रभावित छन भन्ने कुरामा सम्बन्धित निकायले गम्भिर भएर सोच्नु पर्नेमा जोड दिनुभयो । उहाँले ति निकायहरुलाई पनि कार्यक्रममा सहभागीता गराएर आदिवासी जनजातिहरुले आफ्ना कुरा उनीहरुबीच राख्नुपर्ने बताउनुभयो ।
आदिवासी जातीय क्षेत्रीय महासंघका संयोजक पिनु थापामगरले १० वर्षे द्धन्द्धमा आदिवासी जनजातिहरु बढी प्रभावित भएको र आदिवासी जनजातिका समस्या राजनीतिक रुपमा मात्र समाधान हुन सकिनेमा जोड दिदै आफ्ना अधिकारका लागि आदिवासी जनजातिहरुको सक्रियता आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा नेकपा एमालेका निरक गुरुड र डम्बर थापामगर, आदिवासी जनजाति संयुक्त संघर्ष समितिका अध्यक्ष भिम राना, नेपाल मगर संघका केन्द्रिय सदस्य पूर्णीमा थापामगर, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष शुक्रऋषि चौलागाईलगायतले मनतव्य राखेका थिए ।
आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठान संबादद्धारा शान्तिका लागि सहकार्य परियोजनाको सहयोगमा भएको कार्यक्रमा अधिवक्ता तथा पत्रकार ठाकुर सिंह थारुले द्धन्द्ध तथा शान्तिका विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत कार्यपत्र माथी भएको समुह छलफलपछि नरेन्द्र थापा, प्रेरणा तामाड र तारा थापामगरले छलफल पछि निस्केका निचोड प्रस्तुत गर्नु भएको थियो । समन्वय परिषदका उपाध्यक्ष मंगल चौधरीले स्वागत गरेको कार्यक्रममा पन्नेलाल थारुले उद्देश्यमाथी प्रकाश पार्नु भएको थियो । कार्यक्रम जिल्लाका आदिवासी जनजाति अगुवा, पत्रकार, नागरिक समाज, राजनीतिक दलका प्रतिनिति गरि करिब ६० जनाको सहभागिता रहेको थियो ।
