राष्ट्रपति रामवरण यादव द्धारा सहमतिय सरकार बनाउनको निमित्त सबै दलहरुलाई गरिएको आहवानले नेपाल तरंगित बनेको छ । माओवादीको बाबुराम पक्षद्धारा राष्ट्रपतिले निरंकुश तरिका अख्तियार गर्न खोज्यो भनी आफ्नो आक्रोश व्यक्त गरेका छन् भने दाहाल पक्ष राष्ट्रपतिको कदमलाई मौन सहमति देखाउँदै गर्दै हलुका पारामा विरोध प्रकट गरेको देखिन्छ । राष्ट्रपतिको सहमतिय सरकार निर्माणको आहवान प्रति समयको मर्म र कठिन परिस्थितिलाई दृष्ट्रिगत गरि चतुराई प्रकट गर्दै एमालेले हालको लागि प्रधानमन्त्रीको दौडमा सामिल नहुने र कांगे्रसद्धारा तोकेको प्रधानमन्त्रीलाई सर्मथन गर्ने तुरुपको पत्ता फालेको छ । एमाले, कांगे्रस, माओवादीले जति आर्दश र राष्ट्रलाई निकाश दिने कुरा गरेता पनि अन्ततःगोत्वा घुमिफिरी प्रधानमन्त्री पदमा चाण्डाल व्राम्हणनै पूनः यस देशका आगामी प्रधानमन्त्री बन्ने निश्चित प्राय छ ।
निश्चिय पनि चाण्डाल व्राम्हणशब्द उच्चारणले व्राम्हण समुदाय आक्रोसीत हुनु स्वाभाविक हो । तर शब्दमा ध्यान दिनु अत्यन्त जरुरी छ, जो ब्राम्हण चाण्डाल प्रवृति पक्षधरका हुन्, त्यस्ता ब्राहमणलाई मात्र इंगित गरीएको हो । चाण्डाल शब्द प्रयोग गरीएको सम्बन्धमा कृष्णलीलाको प्रसंग उल्लेखीत गर्न अत्यन्त जरुरी एवं यथार्थपरक हुने देखिन्छ, धेरै प्रयास गर्दा पनि कृष्णको वध गर्न नसक्दा मृत्युभयले भयभित, चिन्तित मुद्रामा कृष्णको मामा कंशले आफ्ना सेनापती चडुणलाई चेतावनीरुपी शब्दमा जसरी हुन्छ जे गरेर हुन्छ , कृष्णको वध हुनै पर्छ तसर्थ शिघ्रता शिघ्र व्यवस्था मिलाउन निर्देशन दिन्छन् । केहि दिनपश्चात सेनापती चाडुण कंश समक्ष उपस्थित भई कृष्ण वध गर्ने ब्रम्हास्त्र ल्याएको सुचना दिन्छन् , कंश हर्षित मुद्रामा कृष्ण वध गर्ने सक्ने वीर योद्दालाई भेट्ने इच्छा जाहेर गर्छन् , सेनापती चाडुणले ब्रह्मास्त्रको रुपमा एकै धोतीमा लपेटिएको दुब्लो पातलो एक दीन ब्राम्हणलाई पेश गर्छ, त्यो ब्राहमण दीन अवस्था देखेर कंश आश्चर्य मुद्रामा कसरी यस्तो ब्यक्तिले कृष्णको वध गर्न सक्छ भनी चाडुणलाई प्रश्न गर्दा चाडुणले कंशलाई महाराज यो निरिह देखिने ब्राहमण माया तन्त्रमा पारंगत छ, यसको माया शक्तिले संसारको शक्तिशाली भन्ने योद्धाको वध गर्न सक्ने क्षमता राख्दछ भने कृष्ण के हो भनी उत्तर दिन्छन् , कंशले मायावी ब्राम्हणको शक्ति हेर्ने इच्छा गर्छन् , ब्राम्हणले मन्त्रद्धारा विशालकाया दानव प्रकट गरेर कृष्णलाई वध गर्ने क्षमताको प्रर्दशन गरी कंशलाई सन्तुष्ट बनाउछ । ब्राम्हणको मायावी शक्तिले सन्तुष्ट भए पश्चात कंशले सेनापतीलाई ब्राम्हणबाट केही टाढा लगेर प्रश्न गर्छन, चाडुण मायातन्त्रद्धारा कृष्ण बध गर्ने क्षमतामा त यो दीन ब्राम्हण निश्चित रुपमा सक्षम छ तर गम्भीर प्रश्न के छ भने ब्राम्हणले अनाहकमा कसैको हत्या गर्ने जस्तो जघन्य अपराध गर्न सक्तछ भनी प्रश्न गर्दा चाडुणले उत्तर दिए महाराज यदि ब्राम्हण लोभी भयो भने त्यो चाण्डाल भन्दा पनि बदतर हुन्छ तसर्थ कृष्ण वध प्रति निश्चित हुन आग्रह गरे । आज नेपालको वर्तमान राजनितिक स्थिती कृष्ण लीलामा उल्लेखीत जस्तै स्वार्थ लिप्त चाण्डाल प्रवृतिको ब्राम्हण चक्रव्युहमा घेरिएको छ । जनजाती आक्रोशीत छन्, मधेसी आन्दोलीत छन्, दलीत पिछडिएका वर्ग उकुस मुकुसमा जिवन व्यतित गरि रहेका छन् । देश अस्तव्यस्त अवस्थामा पुगेको छ । तर नेपाली राजनीतिकका चाण्डाल ब्राम्हणहरु किन्चीत पनि आफ्ना चाण्डाल प्रवृतिबाट पछी हटेका छैनन् ।
पहाड बसोबास गर्ने ब्राम्हण विशुद्ध एक नम्बरको नेपालीको पगरी लगाएर जरा गाडेर बसेका छन् भने मधेसका ब्राम्हण मधेसवादको शंख फुकेर मधेसी राजनितीका किंग मेकर बनेका छन्, घुमिफीरी रुम्झाटार भने जस्तै नेपालको राजनिती अल्पसंख्यक पहाडि र मधेसी ब्राम्हणको वरीपरी घुमेको पाइन्छ । नेपाल गणतन्त्रमय भयो भन्ने चक्क्षु भ्रम नेपाली जनतामा परेता पनि यथार्थमा नेपाल ब्राम्हणमय भएको छ, ब्राहमणको आदेश इच्छा र चाकरी वीना नेपाली राजनितीको पात पनि हल्लिन सक्दैन । निती निर्माण गर्ने तहमा ब्राम्हणनै छन् , निजामती, प्रहरी प्रसाशन, जुत्ता बनाउने कम्पनी, लुगा सिलाउने गारमेन्ट लगायत जँहा हे¥यो ब्राम्हण नै ब्राहमण हाली मुहाली छ, बंगला भाषामा एक उखान जस्तै, जुत्ता सिउने देखि चण्डि पाठ गर्ने सबै क्षेत्रमा बाहुन् छन् । नेपालको राजनिती बारे भन्नु पर्दा नेपाली राजनिती ब्राम्हण व्यापारीक घरानामा परीणत भएको छ । प्रजातान्त्रिक समाजवादको उत्पादन गर्ने कांगे्रस एण्ड कम्पनी मालीक कोइराला र पौडेल, रिजाल छन् भने जनताका बहुदलीय जनवादका उत्पादक कम्पनी एमालेका चेयरमेन प्रबन्ध निर्देशक देखि सबै उच्च पदमा खनाल, ज्ञवाली, पोखरेल, नेपाल लगायत वर्चस्व छ । जातीय मुक्ति, समानताको उत्पादन गर्ने माओवादी एण्ड कम्पनी ठुलो ऐतिहासीक कम्पनी नभएतापनि राजनितीको वित्तिय क्षेत्रमा मजबुत आर्थिक कम्पनीमा स्थान बनाउन सफल भएको छ । माओवादि राजनितीक प्रा.लि को पनि चेयरमेन देखि महत्वपुर्ण पदमा दाहाल, शर्मा, गजुरेल, भट्टराई लगायतका ब्राम्हण शाभायमान छ । नेपालको राजनितीक आर्थिक, समाजिक परिदृश्य र वर्तमान राजनितीक घटनाक्रमले चाण्डाल ब्राम्हण उन्मुक्त राजनितीक आर्थिक समाजिक संरचनामा परिवर्तन तत्कालै संभव देखिन्न । समावेशी समानुपातीक जे जस्ता कुरा गरीयतापनि त्यो छलावा मात्रै हो , वास्तवमा भन्ने हो भने चाण्डाल ब्राम्हणको मायाजालबाट नेपालका उत्पीडित बहुसख्ंयक जाती स्वतन्त्र हुने सम्भावना नगण्य छ त्यसकारणनै नेपालका बहुसंख्यक अन्य जाती र चाण्डाल ब्राहमणको स्तरमा आकाश जमिनको फरक छ ।
केहि समय अगाडिमात्रै लोक सेवा जस्तो स्वच्छ मानीने निकायको पर्दाफाश भएको छ । निजामती सेवामा बहुसंख्यक बाहुन र उच्च जातीका मधेसी किन चयन भए त्यो नेपाली जनता सामु स्पष्ट भएको छ । कपी जाँच प्रकरण प्रती कठोरताका साथ गम्भीर ध्यान आकर्षण प्रकट गर्दै लोक सेवा आयोगको कार्य शैली त्यँहा तल्लो तहदेखि माथिल्लो तहका कर्मचारीहरुलाई कारवाहिको दायरामा ल्याई नँया तरीकाले लोक सेवाको संरचना निर्माण गर्नु पर्ने तर्फ सरकार अग्रसर हुनु पर्ने थियो तर यस गम्भीर विषयमा सरकारको तर्फबाट कुनै कठोर सन्देश दिन नसक्नु चाण्डाल शक्ति प्रति नतमस्तक हुनु हो । लोक सेवा आयोग प्रति कठोरता नअपनाउनुको कारण लोक सेवा चाण्डाल ब्राहमण निजामती सेवक उत्पादन गर्ने महत्वपुर्ण कम्पनी हो । आश्चर्य एवं अद्भुत कुरो के छ भने चाण्डाल ब्राहमण मदमस्त हात्ती जस्तै नेपालको राज्यसत्तामा विचरण गरी रहेको छ । जो इच्छा त्यहि गरी रहेको छन् , ब्राहमण प्रती आखिर अन्य बहुसंख्यक जातको विरोध तथा विद्धेश किन पलाएको हो भन्ने तर्फ आत्मा चिन्तन गर्नुको सट्टा चाण्डाल ब्राहमणहरुद्धारा अधिकार, समानता, समावेशीता, स्थापीत को आवाजलाई जातीवादि साम्प्रदायिक विल्ला भिराउन तल्लीन देखिन्छन् ।
नेपालको आर्थिक, राजनैतिक, शैक्षिक, निजामती सेवामा ब्राम्हणको किन वर्चस्व भयो, जनजाती आदिवासी किन सबै क्षेत्रमा पछाडि परे, नेपालका सबै जातीले सम्मानपुर्वक अधिकार सहित बाच्नु पाँउनु पर्दछ भन्ने कुरामा सम्प्रदायिकता देख्ने चाण्डाल ब्राम्हण हरुनै बास्तवमा घोर साम्प्रदायिक हुन् । पढ्ने पढाउने वीर्ता रुपी सित्तैमा उर्वराभुमी प्राप्त गर्ने अवसर प्राप्त गरेर जो कोहि पनि धनवान बलवान शिक्षाविद हुन सक्छन् । ब्राम्हणले षड्यन्त्र पूर्वक आप्mनो अनूकुल लेखेको इतिहास तथा राज्यको नीतिका कारण बहुसंख्यक आदिवासी जनजाति, दलित पछाडि परेका हुन् । नेपाल सीमा जोडिएको, दार्जिलिङ्ग, सीक्किम, भुटानमा रहेका जनजाति, आदिवासी, दलित, राजनीति, शैक्षिक, सामाजिक, साहित्यिक, साङगीतिक क्षेत्रमा किन र कुन कारणले गर्दा अग्रपङ्गतिमा छन् । के नेपाल र दार्जीलिङ्ग सिक्कीमका जनजाति आदिवासी दलितको बुद्धि क्षमतामा फरक छ वा दार्जीलिङ्ग, सिकिमको हावा पानीले जनजाती आदिवासी दलितमा विद्धान हुने क्षमता प्रदान गर्ने शक्ति विधमान छ?
चाण्डाल व्राम्हणको कारणले गर्दा संघियता, समावेशिता, समानुपातिकको अवधारणा सबै ध्वस्त भएको छ । नेपाल पुनः पहिलेको जस्तै स्थितिमा आइपुगेको छ । विगतमा राणा, शाह वंशको हालि मुहाली थियो भने अब कोइराला, झा, नेपाल, खनाल, पोखरेल, दाहाल, भट्टराई, त्रिपाठी, ओझा, गजुरेल लगायतका व्राम्हणवंशको उदय भएको छ । नेपालका बहुसंख्यक जनतालाई गणतन्त्र हात्ती आयो, हात्ती आयो फुस्स बन्न पुगेको छ । अरबौं रुपैंया खर्च गरेर संविधान बनाउन जुटेका सबै जातजातीका सभासदहरु हेरेका हेरयै भएँ, चाण्डाल व्राम्हणहरुले उनीहरुको अनुकुल र हाली मुहाली हुने संविधान निमार्ण नहुने देखेर एक झट्कामा संविधान सभाको हत्या गर्न पछि परेनन् । आफ्नो स्वार्थको लागि चाण्डाल व्राम्हणले जस्तो सुकै अपराध गर्न पछि पर्दैनन् भन्ने कुराको पुष्टि भएको छ । नेपालका बहुसंख्यक उत्पीडित जनताले व्राम्हणवाद द्धारा निर्मीत कुनै वाद र व्राम्हण हालीमुहाली हुने संस्थाको पछाडि नलागी चाण्डाल व्राम्हणलाई सबै क्षेत्रबाट विस्थापित गर्न सके तब मात्र स्वस्थ, सबल एवंम साझा नेपालको कल्पना साकार हुन सक्छ । छिमेकी भारतमा चाण्डाल व्राम्हणको हालीमुहालीको लगभग सबै क्षेत्रमा अंत भईसकेको छ र त्यस कारणले भारत सबै क्षेत्रमा प्रगति गर्दै अग्रसर हुँदै गइरहेको छ । बाहुन बा+हुन, बाजे अर्थात जो जाति अन्य जातिभन्दा जन्मना साथ बा र बाजे उपाधीले विभूषीत हुने परम्परामा विशवास राख्दछ, त्यस्ता परम्पराले कहिल्यै पनि समता मूलक, समावेशी समाजको स्थापना हुन सक्दैन तसर्थ चाण्डाल व्राम्हण प्रवृतिको अन्त नै नेपालको वास्तविक स्वतन्त्रता हो, याद रहोस् चाण्डाल व्राम्हणबाट मधेशका चाण्डाल व्राम्हणलाई पृथक राख्नु मूर्खता हुनेछ ।
राष्ट्रपति द्धारा सहमति साझा सरकारको आहवान चाण्डाल व्राम्हणको निमित्त वरदान सावित हुन सक्छ, विगतको कमी कमजोरीको प्रायश्चित गर्न चाण्डाल व्राम्हणहरुका लागि यो सुर्वण अवसर हो । संकटग्रस्त नेपालको वैतरणी पार लगाउन एमाले, कांगे्रस, माओवादीद्धारा सर्वसम्बतीय साझा उम्मेदवारको रुपमा अनुभवी त्यागी, इमान्दार, भीम बहादुर तामाङ्गलाई प्रधानमन्त्रीको रुपमा प्रस्तावित गरी राष्ट्रले निकास पाउने वातावरणको निर्माण गर्नु पर्दछ । यदि एमाले, कांग्रेस, माओवादीका चाण्डाल व्राम्हणले यो पुण्य कार्य गर्न सके विगतमा गरिएको अपराधवाट गंगा स्नान गरे भैंm पापको बोझबाट मुक्ति पाउने छन् ।
अमरदिप मोक्तान
डाँडाखर्क, दोलखा
चाण्डाल व्राम्हण, नेपालको राजनिती र निश्कर्ष
Read Time:16 Minute, 1 Second