देवदह मंसीर ४ । देवदह गाविसलाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गरेपनि व्यवहारमा खुल्ला दिशामुक्त क्षेत्र हुन नसकेको देवदहमा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् । देवदह गाविस र भि वास सि सी ले विश्व शौचालय दिवसको अवसरमा आयोजित एक घर एक शौचालय विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताउनु भएको हो । देवदह गाविसका सचिव वव्रु वहान सापकोटाको अध्यक्ष, नारायण काफ्लेको संचालन र सृजना सापकोटाको स्वागतमा भएको कार्यक्रममा भि वास सि सि का उपाध्यक्ष डिल्लीराज मरासिनी, राष्ट्रिय जनमोर्चाका हरी केसी, राप्रपाका मित्रलाल खरेल, भलुही खानेपानी तथा सरसफाइृ उपभोक्ता समितिका अध्यक्ष जीत बहादुर पाईजा, हरीयाली सामुदायिक वनका अध्यक्ष निलध्वज मल्ल, शिवालय सामुदायिक वनका अध्यक्ष खेमनारायण अधिकारी, समाज सेवी दल बहादुर पाईजा, चिनी सरा थापा, मिना श्रेष्ठ लगायतले बोल्दै खुल्ला दिशा मुक्त सम्वन्धी गाउँ गाउँमा जनचेतना मुलक कार्यक्रम संचालन गर्नु पर्नेमा जोड दिएका थिए ।
देवदहलाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गरे पनि दिशामुक्त हुन सकेन
Read Time:1 Minute, 39 Second
