कोलिय वचत तथा ऋण सहकारी संस्थाको छैथौ वार्षिक साधारण सभा सम्पन्न

Read Time:3 Minute, 11 Second

गोविन्द घर्ति देवदह मंसीर ४ । आर्थिक क्षेत्रमा लोकतान्त्रिक करण हुन नसक्दा सहकारी संस्थाहरुले फड्को मार्न नसकेको राष्ट्रिय सहकारी संघका केन्द्रीय अध्यक्ष केशव बडालले बताउनु भएको छ । कोलिय वचत तथा ऋण सहकारी संस्था देवदह २ को छैथौ वार्षिक साधारण सभाको उद्घाटन गर्दै उक्त कुरा बताउनु भएको हो । उहाले राजनैतिक स्थिरता नभएसम्म अर्थतन्त्रको विकास हुन नसक्ने भएकाले तल्लो तहबाट नै राजनैतिक क्षेत्रलाई दवाव दिनु पर्ने आवश्यकता रहेकोमा जोड दिनु भयो । अध्यक्ष बडालले तिन खण्ड अर्थ नीति अन्र्तगत सहकारी पनि एउटा मेरुदण्ड भएकाले सहकारीको विकासमा सहकारी कर्मीहरु शसक्त रुपमा लाग्नु पर्ने बताउनु भयो । त्यसै गरी सोही कार्यक्रममा बोल्दै अर्का वक्ता जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भिम तुलाचनले राज्यबाट नियमित रुपमा सहकारी संस्थाहरुको अनुगमन र निरिक्षण हुन नसक्दा सहकारीहरु घरासायी बन्दै गएको बताउनु भयो । तुलाचनले अहिले सहकारी संस्थाहरु वीच प्रतिस्पर्धा भईरहेको र यसलाई रोकन सम्पुर्ण सहकारी कर्मीहरु लाग्नु पर्नेमा जोड दिनु भयो । केलिय वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जयकिशन अधिकारीको अध्यक्षता, उपाध्यक्ष प्रकाश अर्यालको स्वागत र सचिव कृष्णराज पौडेलको संचालनमा भएको कार्यक्रममा जिल्ला बचत तथा अण सहकारी संस्थाका सचिव कृष्ण नेपाल, देवदह आर्दश बहुमुखी क्याम्पसका मित्रलाल न्यौपाने, देवदह बचत तथा ऋण सहकारी संस्थाका कृष्णप्रसाद पौढेल, सेवा विकास बैकका दण्डपाणी भट्टराई, जनकल्याण सहकारी संस्थाका बोधराज गौडेल, रेडियो देवदहका स्टेशन म्यानेजर यम राना लगायतले बोल्दै साधारण सभाको सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा संस्थाका सस्थापक अध्यक्ष तुलसी राम शर्मा, २०६८ सालको प्रवेशीका परिक्षामा विशिष्ठ क्षेणीमा पास भएका १२ विद्यार्थी र ४ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो । संस्थाका सचिव कृष्णराज पौडेलले प्रगति प्रतिवेदन र कोषाध्यक्ष सुवकान्त न्यौपानेले ९ करोड १८ लाख, ६१ हजार ५ सय बरावरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %