६ वर्षे बालक छैटौं अवतारी जिग्मे मिफाङ लोड्रो पाल्साङ रिटुल रिन्पोन्छे

Read Time:5 Minute, 15 Second

कम्लिस्ती ८, सिन्धुपल्चोक, महायान बौद्ध धर्मको चार सम्प्रदाय मध्येका एक कग्यु सम्प्रदाय भित्रको ड्रुक्पा कग्यु सम्प्रदायको महान धर्म गुरु पाँचौ अवतारी क्याब्जे श्री सेङ्गे ड्रग ङागवाङ ग्युर्मेन छ्योक्यी ग्याल्क्षेन पेल साङग्पो ज्युको निर्माणकाय टुल्कु सेङडा रिन्पोछे जिग्मे मिफाङ लोड्रो पाल्साङ रिटुल रिन्पोन्छेको एक भब्य समारोहाको बिच हालै गद्दिआरोहण भएको हो । ड्रुक्पा कग्यु सम्प्रदायमा बिषिष्ट श्रेणिको महान गुरु रिन्पोछेको एक दशक अघि महा परिनिर्वाण हुनु भएको थियो। महा परिनिर्वाण हुनु भएको ३ बर्षपछि वहाँको निर्माणकाय अवतारी टुल्कुको रुपमा हालै गद्दिआरोहण ठिदेन गरेका टुल्कुको पहिचान भएको हो। महायान बौद्ध धर्ममा पुर्वजन्म र पछिल्लो जन्मलाई बिशिष्ट महत्वको साथ हेरिन्छ। यसै अनुरुप अवतारी टुल्कुको पहिचान भएको हो। अवतारी टुल्कु सोही गा. बि. स.को कुनै एक सामन्या परिवारमा जन्मनु भएको थियो। वहाँको पहिचान ड्रुक्पा कग्युको सर्वोच्च धर्मगुरु ग्याल्वाङ ड्रुक्प डुप्छेन रिन्पोछेले गर्नु भएको थियो भने आधिकारिक रुपमा धार्मिक नेता तथा धर्म गुरु चौधौ दलाई लामाबाट पुष्टि भएको हो । सेङ्डा रिन्पोछेको अघिल्लो जनममा नेपालको हिमाली क्षेत्रमा बौद्ध धर्म र दर्शनमा बिषिष्ट योगदान पुर्‍र्याउनु भएको थियो। अति बिशिष्ट ब्याक्तित्वको धनि भएर पनि चर्चमा नआएको र चर्चित हुन नचहाने रिन्पोछे पछिल्लो समयमा बिगत ४० बर्ष देखी सिन्दुपाल्चोकको अति रमणिय स्थान शान्त र सुन्दर ‘बे-युल्’को रुपमा परिचित हालको छाम्खाङ (छागाम) भन्ने शेर्पा गाँउ नजिक गोन्पा निर्मान गरि करिव तीन सय जना भिक्षुणीहरुलाई धर्म र दर्शनको ज्ञान दिँदै नियमित रुपमा बस्दै आउनु भएको थियो । टुल्कु रिन्पोछेको गद्दि आरोहणमा स्वागत गर्न काठमाण्डौ बाट बौद्ध धर्मवलम्वी बिभिन्न समुदायको बिशिष्ट ब्याक्तिहरु सयौको संख्यामा त्याहँ पुगेका थिए भने करिव तीन हजारको संख्यामा श्राद्दालु भक्तजनहरु पुगेका थिए। त्यसै गरि सिन्धुपाल्चोक जिल्लाको प्रमुख जिल्ला अधिकारी प्रहरी प्रमुख र अन्य बिशिष्ट ब्याक्तीहरु पनि रिन्पोछेको दर्शनार्थ छम्खङ पुगेका थिए । समुद्र सतहबाट छब्बिस सय मिटरको उचाईमा रहेको छाम्खाङ गोन्पामा टुल्कुको गाद्दि आरोहण गर्न ड्रुक्पा कग्युको सर्वोक्च धर्मगुरु तथा स्वायम्भु सीता पाइला स्थित बिशिष्ट गोन्पाको प्रमुख ग्याल्वाङ ड्रुक्पा रिन्पोछे ज्युको समुपस्थितीमा  भएको थियो। यस अवसरमा स्थानिय कलाकार र काठमाण्डौबाट गएको कलाकारहरुले साँस्क्रितिक कार्यक्रम प्रसुत गरेका थिए। राजधानी काठमाण्डौबाट जिपमा सिर्फ पाँच घण्टमा पुगिने अति स्वाच्छ र रमणिय यस स्थानलाई आन्तरिक र बाह्य पर्यटकको रुपमा बिकास गर्न प्रचुरमात्रामा सम्भावनहरु रहेको र स्थानिय स्तरमा पाईने महत्वपुर्ण जडिबुटिहरुलाई ब्यवसायिक खेती गरि स्थानिय स्तरमै युवाहरुको लागी रोजगारी दिन सकिने प्रवल सम्भावन रहेको कुरा स्थानिय बुद्धिजिवी तथा जिल्लाकै वरिष्ट समाजसेवी ल्हाक्पा ठिन्लेन शेर्पा (हिमाली कान्छ) ले शेर्पा वर्ल्डलाई बताए। यसको अतिरिक्त यस क्षेत्रमा गुरु रिन्पोछेले गुह्य अवस्थमा लुकाई राखेको महत्वपुर्ण तिर्थ मानिने “ने पेमा छाल” यसै क्षेत्रको आसपसमा रहेको छ । 

शेर्पा वर्ल्ड डट् कम्

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %