माओवादी कार्यकर्ताद्धारा अध्यक्ष प्रचण्डलाई थपड हाने

Read Time:2 Minute, 35 Second

माओवादीले हरके बर्ष तिहारको भोली पल्ट आयोजना गर्ने चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम यस वर्ष माओवादीका लागि दुःखत् हुन पुग्यो । माओवादीले आयोजना गरेको चियापान कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल माथि मोहन बैद्य पक्षीय माओवादी कार्यकर्ताले थपड हाने । थप्पड हाने पछि दाहालले लगाएको चश्मा समेत भूइँमा खसेको थियो ।  थपड हाने लगतै उक्त व्यक्तिलाई माओवादी कार्यकर्ताले नियन्त्रणमा लिएर कुटपिट गरि घाइते समेत बनाए । थपड हान्ने व्यक्ति वैद्य नेतृत्वको माओवादी कार्यकर्ता पद्म कुवँर रहेको बताइएको छ । तर वैद्य पक्षीय माओवादीले भने कुबँर आफ्नो कार्यकर्ता नरहेको बताएको छ । घाइते कुबँरको काठमाडौंमा उपचार भैरहेको छ । माओवादी अध्यक्ष दाहाल माथि थपड हानिएको घटनाले चियापानको कार्यक्रमको माहोल एकाएक फेरिएर हलिखली मच्चिन पुग्यो ।
प्रहरीले उक्त घटनाको छानविन गर्न एआइजी नवराज ढकालको नेतृत्वमा छानविन समिति गठन गरेको छ । माओवादीले आफ्ना अध्यक्ष माथि  भएको आक्रमण नियोजित रहेको भन्दै भत्सना गरेको छ । यता गृह मन्त्रालयले पनि विशेष व्यक्तिको सुरक्षा व्यवस्थामा कडाइ गर्र्ने रणनीति बनाएको छ ।  माओवादी अध्यक्ष सहित शीर्ष नेता माथि सामान्य कार्यकताबाट भएको आक्रमण यो तेस्रो हो । यस अगाडि नेकपा एमालेका अध्यक्ष झलनाथ खनाललाई आफ्नै पार्टीका कार्यकर्ताले चप्पलले हानेका थिए भने नेपाली कांग्रेसका सभापति सुशील कोइराला माथि केही महिना अगाडि काठमाडौंको कपनमा आफ्नै कार्यकर्ताले कुर्ची प्रहार गरेका थिए । देशमा राजनीतिक संकटमा लम्विदै जाँदा शीर्ष नेताहरु माथि भएका आक्रमणलाई आमजनताको आक्रोशको रुपमा लिइन थालेको छ ।
–राज्यसत्ता नेपाल व्युरो

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %