काजकिरियाका लागि आदिवासी जनजातिको सहयोग समिति गठन

Read Time:2 Minute, 26 Second

हुम तमु,

पोखरा, २८ कात्तिक, ब्रिटिश साम्राज्यको पक्षमा मारिएका, बेपत्ता पारिएका ६० हजार पितृहरुको आत्माशान्ति र पितृउद्धारका लागि स्याङ्जा फेदीखोला साल्मेडाडामा मंसिर ५ देखि ७ गते सम्म गोर्खा भुतपूर्व सैनिक संघ गेसोले गर्ने काजकिरिया तथा श्रद्धाञ्जलीमा सघाउन नेपाल आदिवासी जनजाति महासंघ कास्कीले सहयोग समिति गठन गरेको छ ।
आज पोखरामा आयोजित आदिवासी जनजाति संघ संस्थाका अगुवाहरुको भेलाले महासंघका अध्यक्ष पानबहादुर घर्तीको संयोजकत्वमा १७ सदस्यीय सहयोग समिति गठन गरेको हो ।
समितिको सदस्यहरुमा पुर्णबहादुर रानामगर, दिपक तामाङ, देवीराज तमु, टेकबहादुर तमु, गणेश देवान, बुद्धिमान दुरा, प्रेमबहादुर भुजेल, क्या.इन्द्रबहादुर तमु, प्रेम ह्योल्मो, पुर्ण ह्योल्मो, अम्बर तुलाचन, गणेश थकाली, नरेन्द्र लालचन, प्रेमबहादुर कुमाल, भक्तबहादुर छन्त्याल, विष्णु ख्वाउजु रहनुभएको महासंघका सचिव पुर्ण ह्योल्मोले जानकारी दिनुभयो ।
समितिले ६० हजार गोर्खा वा पितृहरुको काजकिरिया तथा श्रद्धाञ्जली कार्यक्रममा आदिवासी जनजातिका संघ संस्था, समाजहरुलाई सहभागीता गराउने, र व्यवस्थापकिय सहयोग गर्ने भएको छ ।
कार्यक्रममा काजकिरिया तथा श्रद्धाञ्जली र गोर्खा स्मारक निर्माणको तयारीका बारेमा गोर्खा भुतपूर्व सैनिक संघ गेसोका सभापति पदमबहादुर गुरुङ, डाक्टर चन्द्रबहादुर गुरुङ, हुमबहादुर गुरुङले जानकारी गराउनु भएको थियो ।
कार्यक्रम महासंघका अध्यक्ष पानबहादुर घर्तीको अध्यक्षता र सचिव पुर्ण ह्योल्मोको सञ्चालनमा भएको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %